बाँकेको राप्तीसोनारी गाउँपालिकामा लाहुराम थारु विजयी

बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेपाली कांग्रेसी विजयी भएको छ। अध्यक्षमा कांग्रेसका लाहुराम थारु ८ हजार २ सय ३६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी एमालेका तुलसीराम थारुले ६ हजार ९ सय मत ल्याए। गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै धनीकुमारी खत्री विजयी भएकी छन्।

उनले ८ हजार २ सय २ मत प्राप्त गरेकी छन्, भने निकटतम प्रतिद्धन्द्धी एमालेकी चमेली बागबलले ६ हजार ७ सय २ मत ल्याएकी छन्। भौगोलिक क्षेत्रफलका हिसाबले मुलुककै सबैभन्दा ठुलो गाउँपालिका भनिएको राप्तीसोनारीको कुल ९ वटा वडा मध्ये कांग्रेसले पाँच, माओबादीले ३ र एमालेले एउटा वडामा जित हासिल गरेको निर्वाचन अधिकृत माधव शर्माले जानकारी दिए।

बाँकेका कुल ८ वटा स्थानीय तह मध्ये राप्तीसोनारी सहित ३ वटा गाउँपालिकाको परिणाम सार्वजनिक भइसकेको छ। बाँकेको डुडुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस र नरैनापुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा संघिय समाजवादी फोरम विजयी भएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *