टीकापुरमा लोकतान्त्रिक फोरमलाई माओवादीको टक्कर

माओवादी केन्द्रले पछिल्ला वडाहरुमा लगातार जित हात पारेपछि टीकापुरको नतिजा फरक आउने आँकलन गर्न थालिएको छ। वडा नं. ७, ८ र ९ मा माओवादी केन्द्रले राम्रो मत पाएपछि नेपाल लोकतान्त्रिक फोरमसँगको मतान्तर २ सय ४ मा घटाएको छ। त्यस्तै उपमेयरमा पनि माओवादीले लोकतान्त्रिक फोरमसँग जम्मा ९४ मतले कम छ।

पछिल्लो मतपरिणामअनुसार लोकतान्त्रिक फोरमका उम्मेदवार लौटन चौधरीले ४ हजार ७३३ मत ल्याएका छन्। माओवादीका ललित थापाको ४ हजार ५६३ मत छ। त्यस्तै तेस्रो स्थानमा रहेको कांग्रेसको ४ हजार १७ र चौथोमा रहेको एमालेको ४ हजार ३ मत छ।

यता उपमेयरमा सुदेशनी चौधरीले ४ हजार ६५७ मत ल्याएकी छन्। उनलाई माओवादीकी आशाकुमारी चौधरीले पछ्याइरहेकी छन्। उनको मत ४ हजार ५ सय ६३ छ।

त्यस्तै कांग्रेसका केशरी विस्ट रावलको ४ हजार ३४९ र एमालेकी कमला केसीको ३ हजार ७०४ मत रहेको छ।
टीकापुका थारुहरुले थारु उम्मेदवारले नै जिताउने अभियान बनाए पनि माओवादी केन्द्रले उपमेयरमा थारु उम्मेदवारलाई अघि सारेपछि भोट माओवादी केन्द्रमा तानिएको त्यहाँका थारुहरुको बुझाई छ। अन्य सबै दलले मेयर र उपमेयर दुबैमा गैरथारुलाई उठाएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *