दुबईमा यसरी मनाइयो जितिया पर्व

थारु कल्याणकारिणी सभा युएईले शनिबार दुबईमा जितिया पर्व मनाएको छ। दुबईको अलकुद्रा पार्कमा जितिया पर्व मनाइएको कार्यक्रम संयोजक रामानन्द चौधरीले जानकारी दिए।

‘थारु, कला, संस्कृति हाम्रो पहिचान, उसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान, नारासहित थाकस युएईले जितिया मनाएको हो दुबईमा रहेका थारु समुदायबीच एकता र थारु चाडपर्वलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न जितिया पर्व मनाइएको संयोजक चौधरीले बताए।

कार्यक्रममा गाउँघरजस्तै नभए पनि सैयौंको संख्यामा उपस्थित थारूहरूले रीतपूर्वक झमटा र गीत गाएर नाचगानका साथ साथै खानपान र जितिया पर्वको शुभकामना आदान प्रदान गरेका थिए।

विदेशी भूमी र समयको पावन्दीमा रही कार्यक्रममा सहभागी हुने सम्पूर्णलाई थाकस युएईले धन्यवाद ज्ञापन गरेको छ। कार्यक्रम सफल पार्न अहोरात्र खटिने संस्थाका सचिव, कार्यक्रम संयोजकलगायत सभापति, उपसभापति, विभागीय प्रमुखलगायत सदस्यहरूलाई पनि धन्यवाद ज्ञापन गरिएको छ।

सामाजिक कामममा निकै अग्रसर रहेको थाकस युएईले माघीलगायत थारू पर्वहरू पनि मनाउँदै आएको छ। थाकस युएईले नेपालबाट थारू कलाकार सामाजिक अभियन्ताहरूलाई बोलाएर सम्मानसमेत गर्दै आएको छ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *