थाकस युएईले अप्रिल १४ मा वनभोज कार्यक्रम गर्दै

थारू कल्याणकारिणी सभा युईएले वनभोज कार्यक्रम गर्ने भएको छ। आगामी अप्रिल १४ तारिखमा शुभकामना आदान प्रदान तथा वनभोज कार्यक्रम आयोजना गरिएको थाकस युएईका महासचिव खेम महतोले जानकारी दिए।

कार्यक्रम अलकुद्रा पार्कमा विहान ११ बजेदेखि ६ बजेसम्म आयोजना हुने महासचिव महतोले जानकारी दिए। थाकस युएईले त्यहाँ रहेका थारूहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।

युएईमा रहेका थारूहरूको हकहितमा काम गर्दै आएको थाकस युएईले विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ। सामाजिक काममा समेत सक्रिय रहेको यो संस्थाले प्रत्येक वर्ष थारूका प्रमुख चाडपर्वहरू मनाउँदै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *