थाकस दक्षिण कोरियाको अध्यक्षमा अमर चौधरी निर्वाचित

थारू कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरियाको अध्यक्षमा कैलालीका अमर चौधरी निर्वाचित भएका छन्। दक्षिण कोरियाको सोलमा भएको चौथो अधिवेशनले अमर चौधरीको नेतृत्वमा १५ सदस्सीय कार्यसमितिसमेत चयन गरेको छ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विपिन चौधरी, उपाध्यक्षमा सुर्खेतका राजु चौधरी, महिला उपाध्यक्षमा दाङकी आरती चौधरी, सचिवमा बर्दियाका विष्णु चौधरी, सहसचिवमा मोरङका जीवन चौधरी, कोषाध्यक्षमा सुनसरीकी कृष्ण चौधरी र सहकोषाध्यक्षमा मोरङका श्रीजल चौधरी रहेका छन्।

त्यस्तै सदस्यहरूमा कैलालीका सुशील चौधरी, कैलालीकै हरि चौधरी, चितवनका अजय चौधरी, बर्दियाका राजुप्रसाद थारु, सुनसरीका राजेश चौधरी, पर्साका बाबा चौधरी र सुनसरीका हेम चौधरी रहेका छन्।

त्यस्तै राजेश चौधरी पनैत केन्द्रीय पार्षद नियुक्त भएको थाकस कोरियाका निवर्तमान अध्यक्ष शिवशंकर चौधरीले जानकारी दिए। उनका अनुसार थाकस कोरियाले अधिवेशनसँगै माघी कार्यक्रमसमेत आयोजना गरेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *