टेक्सास थारु समाजद्वारा कार्यसमिति विस्तार, दुई उपाध्यक्षसहित सदस्यहरू मनोनीत

टेक्सास थारु समाजले थप दुई उपाध्यक्षसहित कार्यकारिणी सदस्य बिस्तार गरेको छ। ह्यास्टेलमा भएको एक भेलाले उपाध्यक्षद्व्य गोपि महतो, योग चौधरी, सचीवमा दीपक दिप चौधरी त्यसैगरी कार्यकारिणी सदस्यमा शान्ती चौधरी, इन्द्रेणी चौधरी, बिक्रम चौधरी, सन्दीप चौधरी, जीवन चौधरी र सबिन चौधरी मनोनीत गरेको हो। भेलाले राम शरण चौधरीलाई भने सल्लाहकार मनोनीत गरेको छ।

समाजका वरिस्ठ उपाध्यक्ष शशी कपुर चौधरीको अध्यक्षता बसेको भेलामा वरिष्ठ सल्लाहकारद्वय सुशील चौधरी र बिक्रम चौधरीलगायत सल्लाहकार विजय सरदार, महेश चौधरी, राम शरण चौधरी, सन्दिप चौधरी, बिजय कुमार चौधरी, योग चौधरीलगायतकाले सम्बोधन गरेका थिए। कार्यक्रमको सहजीकरण महासचिव नेत्र सागर चौधरीले गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *