थारू समाचार

एमाले कमिटीमा ११ जना थारु नेता, थारु कोटामा कृपाराम राना बने सदस्य

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य छान्ने जिम्मा पाएका अध्यक्ष केपी शर्मा ओली आइतबार अबेर रात कमिटी घोषणा गरेका छन्। ३०१ सदस्यीय केन्द्रीय कार्यसमितिमा ११ जना केन्द्रीय सदस्य परेका छन्।

थारुवान संबाददाता

नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत सौराहामा जारी बन्द सत्र हलले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। सर्वसहमतिका लागि ओलीलाई अधिकार दिएको हो। बन्दसत्रमा विष्णु पौडेलले उक्त प्रस्ताव गरेका थिए। पौडेलको प्रस्तावमा हलले समर्थन जनाएको छ।

थारुवान संबाददाता

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको आकार बढाइएको छ। आकार बढेसँगै केन्द्रीय कार्यसमितिमा आउने थारु नेताहरुको सम्भावना पनि बढेको छ। यसअघि थारु कोटामार्फत् जम्मा ६ जना थारु नेता केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहेको थियो।

थारुवान संबाददाता

नेकपा एमालेको अन्तिम बैठकले दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी आकार बढाउने निर्णय गरेको छ। सौराहामा बसेको बैठकले पदाधिकारीको संख्यासमेत बढाएको छ। नयाँ व्यवस्थाअनुसार अब केन्द्रीय कमिटी ३ सय १ सदस्यीय हुने भएको छ।

थारुवान संबाददाता

थारु कल्याणकारिणी सभा (थाकस)का सहमहामन्त्री मिनराज चौधरी नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। उनी बर्दिया क्षेत्र नं २ बाट थारु कोटामार्फत् महाधिवेशन प्रतिनिधि बनेका हुन्।

थारुवान संबाददाता

नेकपा एमाले सुदूर पश्चिमका सहइन्चार्ज तथा प्रतिनिधिसभा सदस्य नारदमुनी रानाले एमाले दशौं महाधिवेशनमा थारु कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन्। दशौं महाधिवेशनमा थारु समुदायका लागि ६ वटा कोटा छुट‍्याइएको छ।

थारुवान संबाददाता

एमालेको दसौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। महाधिवेशनको पूर्सन्ध्यामा थारु नेता राजकुमार लेखीको चर्चा हुन थालिएको छ। गत असोज १४ गते लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएका लेखीले एमाले विधान महाधिवेशनमै गत १७ असोजमा एमाले प्रवेश गरेका थिए।

थारुवान संबाददाता

नेकपा एमालेले १०औँ महाधिवेशनका लागि १०६ जना महाधिवेशन प्रतिनिधि मनोनीत गरेको छ। बुधबार बसेको बैठकले हालै एमाले प्रवेश गरेका राजकुमार लेखी महाधिवेशन प्रतिनिधिमा मनोनीत भएका छन्। उनीबाहेक उदयपुरका महेश्नवरी चौधरी र कैलालीका ममता प्रसाद चौधरीलाई महाधिवेशन प्रतिनिधिमा मनोनीत गरिएको छ।

थारुवानन्युज

नेकपा एमालेले दसौं राष्ट्रिय महाधिवेशनका लागि विभिन्न देशका ६० वटा पार्टीका प्रतिनिधि आउने भएका छन्। दसौं महाधिवेशन अतिथि सत्कार कमिटीका संयोजक डा. राजन भट्टराईले ६० वटा अन्तर्राष्ट्रिय पार्टीलाई निमन्त्रणा दिएको जानकारी दिएका छन्।

थारुवान संबाददाता

निलम्बित सांसद रेशम चौधरी समर्थित नेता कार्यकर्ताहरुको भेला काठमाडौंमा हुने भएको छ। मंसिर ११ र १२ गते उक्त भेला ठमेलको एक होटलमा आयोजना हुने बताइएको छ।

थारुवान संबाददाता