एमाले कमिटीमा ११ जना थारु नेता, थारु कोटामा कृपाराम राना बने सदस्य

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य छान्ने जिम्मा पाएका अध्यक्ष केपी शर्मा ओली आइतबार अबेर रात कमिटी घोषणा गरेका छन्। ३०१ सदस्यीय केन्द्रीय कार्यसमितिमा ११ जना केन्द्रीय सदस्य परेका छन्। जसअन्तर्गत खुलाबाट २ जना, थारु कोटाबाट ५ पुरुष र ३ महिला गरी ८ जना र प्रदेश २ बाट १ जना परेका छन्।

सूचीअनुसार खुलाबाट दाङकी शान्ता चौधरी र सुनसरीकी भगवती चौधरी परेका छन्। त्यस्तै थारु कोटा पुरुषतर्फप परासीका वैजनाथ चौधरी, दाङका नरुलाल चौधरी, कैलालीका गौरीशंकर चौधरी, कञ्चपुरका कृपाराम राना र बारा बलवीर चौधरी परेका छन्।

त्यस्तै थारु कोटा महिलातर्फ दाङकी ग‌ंगा चौधरी सत्गौवा, उदयपुरकी मञ्जु चौधरी र बाराकी सरस्वती चौधरी परेका छन्। त्यस्तै भुगोलको प्रदेश २ बाट राजकुमार लेखी केन्द्रीय सदस्य बनेका छन्। यस कमिटीमा नरुलाल चौधरी, कृपाराम राना, गंगा चौधरी, मञ्जु चौधरी, सरस्वती चौधरी र राजकुमार लेखी नयाँ केन्द्रीय सदस्यका रुपमा चयन भएका छन्।

राना समुदायका नारदमुनी राना भने सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य बनेका छन्। राना समुदायकै तर्फबाट कृपाराप राना केन्द्रीय सदस्य बनेका छन्। सर्वसम्मत नभएको खण्डमा यही उम्मेदवारहरुले मनोनय दर्ता गर्नेछन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *