रेशम चौधरी समर्थित नेता कार्यकर्ताको मंसिर ११ र १२ गते राष्ट्रिय भेला हुँदै

निलम्बित सांसद रेशम चौधरी समर्थित नेता कार्यकर्ताहरुको भेला काठमाडौंमा हुने भएको छ। मंसिर ११ र १२ गते उक्त भेला ठमेलको एक होटलमा आयोजना हुने बताइएको छ।

बैठकमा रेशम चौधरीले तयार पारेको राजनीतिक प्रतिवेदन प्रस्तुत गरिनेछ। हालः रेशम चौधरी डिल्लीबजारस्थित सदर जेलमा छन्। उनीद्वारा लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत गरिने उनी निकट नेताहरुले बताएका छन्।

नयाँ पार्टी दर्ता गर्ने उद्देश्यले नै यो भेला बोलाइएको ती नेताले जानकारी दिए। उनका अनुसार रेशम चौधरी लगभग पार्टी छाडिसकेको र भेलापश्चात केही समयमा पार्टी दर्ता गर्नेछन्। पार्टी दर्ताको तयारीका लागि हरेक जिल्लामा कार्यक्रमहरु भइरहेको बताइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *