राजकुमार लेखीसहित तीन जना थारु एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत
![राजकुमार लेखीसहित तीन जना थारु एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत](https://www.tharuwan.com/wp-content/uploads/2021/08/Rajkumar-Lekhi123.jpg)
नेकपा एमालेले १०औँ महाधिवेशनका लागि १०६ जना महाधिवेशन प्रतिनिधि मनोनीत गरेको छ। बुधबार बसेको बैठकले हालै एमाले प्रवेश गरेका राजकुमार लेखी महाधिवेशन प्रतिनिधिमा मनोनीत भएका छन्। उनीबाहेक उदयपुरका महेश्नवरी चौधरी र कैलालीका ममता प्रसाद चौधरीलाई महाधिवेशन प्रतिनिधिमा मनोनीत गरिएको छ।
राना थारु समुदायबाट यसअघि सांसदसमेत रहिसकेका कृपाराम रानालाई महाधिवेशन प्रतिनिधिमा मनोनीत गरिएको छ। एमाले सचिव सचिव योगेश भट्टराईका अनुसार १०औं राष्ट्रिय महाधिवेशनमा २ हजार ३ सय २७ जना प्रतिनिधि हुनेछन्। यसमध्ये थारु समुदायबाट एकदमै न्युन उपस्थति रहेको बताइएको छ।
एक थारु नेताका अनुसार मुस्किलले ४०-४५ जना थारु प्रतिनिधिहरु सहभागी हुँदैछन्। यो संख्या कूल प्रतिनिधिको २ प्रतिशतभन्दा पनि कम हो। एमालेको दसौं महाधिवेशनबाट ६ जना थारुहरु केन्द्रीय सदस्यमा आउनेछन्। समावेशी कोटामार्फत् थारु समुदायलाई ६ वटा केन्द्रीय सदस्य छुट्याएको छ। जसमार्फत् ४ जना पुरुष र २ जना महिलाहरु आउनेछन्।
४०/४५जना मात्रै?के थारु को सन्तति वृद्धि रोकियो / या विदेश गए वा अन्य पार्टी मा गए/या,थारु को मुख्य दुस्मन पार्टी एमाले बन्यौ/वा अरु सबै कमलरी/कमैया छन्