थाकसका सहमहामन्त्री मिनराज चौधरी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन

थारु कल्याणकारिणी सभा (थाकस)का सहमहामन्त्री मिनराज चौधरी नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। उनी बर्दिया क्षेत्र नं २ बाट थारु कोटामार्फत् महाधिवेशन प्रतिनिधि बनेका हुन्।

शुक्रबार सम्पन्न चुनावमा उनले ५५५ मत प्राप्त गरेका थिए। उनीसँगै पर्शुराम थारु र फूलाराम थारु पनि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। थरुहट आन्दोलनमा सक्रिय युवा नेताको छबि बनाएका मिनराज थारु थरुहट तराई पार्टी नेपाल, फोरम लोकतान्त्रिक हुँदै नेपाली कांग्रेसमा आबद्ध भएका थिए।

यसअघि उनी गुठी संस्थानको अध्यक्ष भएर काम गरिसकेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *