एमालेको दसौं महाधिवेशन: विदेशी पाहुनालाई चितवनको थारु नाच देखाइने

नेकपा एमालेले दसौं राष्ट्रिय महाधिवेशनका लागि विभिन्न देशका ६० वटा पार्टीका प्रतिनिधि आउने भएका छन्। दसौं महाधिवेशन अतिथि सत्कार कमिटीका संयोजक डा. राजन भट्टराईले ६० वटा अन्तर्राष्ट्रिय पार्टीलाई निमन्त्रणा दिएको जानकारी दिएका छन्।

अतिथिहरु ढिलोमा मंसिर ९ गतेसम्म काठमाडौँ आइपुग्ने उनले बताए। ‘अधिकांश पाहुना ९ गते नै आइपुग्नुहुन्छ। उहाँहरुलाई १० गते बिहान काठमाडौँबाट चितवन लैजान्छौँ। चितवनमा उद्घाटनसत्रमा सहभागी गराएपछि उहाँहरुलाई सौराहाको होटलमा बस्ने व्यवस्था गर्छौ,’ उनले भने।

उनका अनुसार विदेशी पाहुनाहरुका लागि अध्यक्ष केपी शर्मा ओलीले रात्रिभोजको आयोजना गर्नेछन्। ‘११ गते साँझ पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले उहाँहरुको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुने छ,’ उनले भने।

त्योसँगै हामीले पाहुनाहरुकै सम्मानमा स्थानीय सँस्कृतिका बारेमा जानकारी गराउन केही साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने उनले बताए। ‘उहाँहरुलाई सौराहामा दृष्यावलोकनको पनि व्यवस्था गरेका छौँ। जंगल सफारीको पनि योजना बनाएका छौँ। काठमाडौँमा पनि उहाँहरुको सम्मानमा भेटघाटको आयोजना गर्ने तयारी गरेका छौँ। उहाँहरुलाई उपहारको पनि व्यवस्था गरेका छौँ,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *