एमाले महाधिवेशन: कुन कुन थारु नेताहरु ‘पोलिटव्युरो’मा हुँदैछन् बढुवा?

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको आकार बढाइएको छ। आकार बढेसँगै केन्द्रीय कार्यसमितिमा आउने थारु नेताहरुको सम्भावना पनि बढेको छ। यसअघि थारु कोटामार्फत् जम्मा ६ जना थारु नेता केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहेको थियो।

त्यसका अलावा खुल्लामार्फत् केही थारु नेताहरु चुनिनसक्ने सम्भावना थियो। हुन त सुनसरीकी नेतृ भगवती चौधरीले खुला महिलाबाट केन्द्रीय सदस्यको उम्मेदवारी दिने घोषणा गरिसकेकी थिइन्। यता दाङको नेतृ शान्ता चौधरीले पनि आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिने थारुवानसँग बताएकी थिइन्। तर खुला वा थारु कोटामार्फत् भन्ने उनले खुलाइनन्।

केन्द्रीय कमिटीको आकार बढाएसँगै सौराहामा बसेको अन्तिम केन्द्रीय कमिटीको बैठकले पोलिटव्युरो पनि थप गरेको छ। यसअघि विधान महाधिवेशनमा पोलिटव्युरो हटाउने सहमति भएको थियो।

पोलिटव्युरो थपिँदा केही थारुहरु त्यसका लागि प्रतिस्पर्धा गर्ने देखिएको छ। नवलपुरका नेता मझिलाल थनेतले आफू पोलिटव्युरोमा उम्मेदवारी दिने घोषणा गरेका छन्। यसबाहेक भगवती चौधरी, शान्ता चौधरी, नारदमुनी राना र गौरीशंकर चौधरीको पनि पोलिटव्युरोमा ‘अपग्रेट’ हुने सम्भावना छ। उनीहरु सबै जना हालको केन्द्रीय सदस्यसमेत हुन्। हालका केन्द्रीय सदस्यहरु पोलिटव्युरोमा ‘अपग्रेट’ हुँदा केन्द्रीय कमिटीमा थारुका नयाँ अनुहार पनि देखिन सक्छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *