थारू समाचार

प्रदेश २ को नाम मधेस, राजधानी जनकपुर कायम

प्रदेशसभा गठन भएको करिब ४ वर्षपछि बल्ल प्रदेश २ ले आफ्नो नाम र स्थायी राजधानी पाएको छ। प्रदेशसभाले आज मतदान प्रक्रियाबाट प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो। प्रदेशसभाका दुई तिहाइ बहुमत प्रदेशसभा सदस्यहरूले प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधामलाई कायम गरेको छ।

थारुवान संबाददाता

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा भगवती चौधरी सर्वसम्मत् चयन भएकी छिन् । कम्पनीको पुुस ३० गतेसम्पन्न नवौं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट निर्वाचित सञ्चालक चौधरीलाई सोही दिन बसेको नव निर्वाचित सञ्चालक समितिको बैठकले सर्वसम्मत अध्यक्षको रुपमा चयन गरेको हो ।

थारुवान संबाददाता

नेकपा एमाले निकट अखिल नेपाल महिला संघको महोत्तरी जिल्ला अध्यक्षमा सरस्वती चौधरी सर्वसम्मत निर्वाचित भएकी छन्। महोत्तरीको बर्दिबासमा सम्पन्न जिल्ला भेलाले चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो। युवा संघको केन्द्रीय नेतृत्वमा रहिसकेकी चौधरी बर्दिबासकी एमाले नेता हुन्।

थारुवान संबाददाता

टीकापुर नगरपालिकाका कांग्रेस समर्थित १६ जना जनप्रतिनिधि रेशम चौधरीको नयाँ दल नागरिक उन्मुक्ति पार्टीमा आबद्व भएका छन्। टीकापुरका कांग्रेसका १६ जना जनप्रतिनिधिले पार्टीले मागेको स्पष्टीकरणको उत्तर दिँदै आफूहरु स्वतन्त्ररुपमा रेशम चौधरीको नयाँ दल नागरिक उन्मुक्ति पार्टीमा आबद्व रहेको खुलासा गरेका हुन्।

थारुवान संबाददाता

बाँकेकी सन्जु चौधरीले २४औं पुरुष तथा नवौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाएका छन्। १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता सन्जुले ५९ केजी तौल समूहको सिनियरतर्फ आफ्नै नामको कीर्तिमान तोडिन्।

थारुवान संबाददाता

जिल्ला समन्वय समिति कपिलबस्तुका उपप्रमुख तारावती चौधरीले थारु समुदायको भाषा, धर्म, संस्कृति संरक्षण र प्रवर्द्धन गर्न मिडियामा पहुँच हुन जरुरी रहेको बताएकी छन्। थारु पत्रकार संघ नेपाल केन्द्रीय कार्यसमितिले आयोजना गरेको थारु जनप्रतिनिधिहरुसँगको अन्तर्क्रया कार्यक्रममा बोल्दै उनले यस्तो बनाएका हुन्।

थारुवान संबाददाता

थारु आयोगले थारु महिल लक्षित कानुनी जनचेतना कार्यक्रम आयोजना गरेको छ। पर्साको पर्सागढी नगरपालिका-२ स्थित बगबानामा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरुले नेपालमा महिलाहरुका लागि भएको कानुन र उनीहरुको सशक्तीकरणको विषयमा प्रशिक्षण दिएका थिए।

थारुवान संबाददाता

नेकपा एमाले सप्तरीको अध्यक्षमा ताराकान्त चौधरी सर्वसम्मत चयन भएका छन्। एमालेको नवौं जिल्ला अधिवेशनको अग्निसाइर कृष्णासावरण गाउँपालिकामा भएको बन्द सत्रले चौधरीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो। चौधरी दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। बन्दसत्रले चौधरीको नेतृत्वमा १३१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। उपाध्यक्षमा...

थारुवान संबाददाता

थारु पत्रकार संघ नेपालले पाँचौं केन्द्रीय महाधिवेशन आगामी चैत १२ र १३ गते नवलपुरमा गर्ने निर्णय गरेको छ। कपिलवस्तुको बाणगंगा ४, जितपुरमा शनिबार आयोजित केन्द्रीय कमिटीको नवौं बैठकले सो निर्णय गरेको हो।

थारुवान संबाददाता

नेकपा एमालेको दाङ जिल्ला कार्यसमिति सदस्यमा थारु समुदायका १९ जना निर्विरोध निर्वाचित भएका छन्। शुक्रबार भएको १३औं जिल्ला अधिवेशनबाट १९ थारु नेता निर्विरोध निर्वाचित भएका हुन्।

थारुवान संबाददता