थारु महिलालाई कानुनबारे प्रशिक्षण दिएर जनचेतना फैलाउँदै थारु आयोग

थारु आयोगले थारु महिल लक्षित कानुनी जनचेतना कार्यक्रम आयोजना गरेको छ। पर्साको पर्सागढी नगरपालिका-२ स्थित बगबानामा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरुले नेपालमा महिलाहरुका लागि भएको कानुन र उनीहरुको सशक्तीकरणको विषयमा प्रशिक्षण दिएका थिए।

दुई दिने अन्तर्क्रियाको पहिलो दिन पर्सा जिल्लाका प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले लैंगिक हिंसा र न्युनीकरण विषयमा अन्तर्क्रिया गरेका थिए। त्यस्तै वीरगन्ज महानगरपालिकाका तर्फबाठ रन्जना पण्डितले महिलाको हक, अधिकार र शसक्तीकरणबारे प्रशिक्षण दिएकी थिइन्।

त्यस्तै दोस्रो दिन अधिवक्ता अमय दास थारुले विवाह, सम्बन्ध विच्छेदबारे जानकारी दिएका थिए। त्यस्तै पटेर्वा सुगौली गाउँपालिकाकी उपमेयर ममता महतोले न्यायिक समितिको कार्यक्षेत्र र न्यायमा महिलाहरुको पहुँच विषयमा प्रशिक्षण दिएकी थिइन्। त्यस्तै नारायणी अस्पतालका हेमा थापाले अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रबारे प्रशिक्षण दिएकी थिइन्।

कार्यक्रममा थारु आयोगका सदस्य शान्ति मोदीले स्वागत मन्तव्य गर्नुका साथै कार्यक्रमको सहजीकरण गरेकी थिइन्। आयोगका अध्यक्ष विष्णु चौधरीको अध्यक्षतामा भएको दुई दिने अन्तर्क्रियामा पर्सा जिल्लाका विभिन्न क्षेत्रबाट ५४ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य बृजमोहन चौधरीको समेत सहभागिता रहेको थियो भने कार्यक्रम सभाका सचिव भागवत चौधरीले गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *