एमाले दाङमा थारु समुदायका १९ जना निर्विरोध निर्वाचित

नेकपा एमालेको दाङ जिल्ला कार्यसमिति सदस्यमा थारु समुदायका १९ जना निर्विरोध निर्वाचित भएका छन्। शुक्रबार भएको १३औं जिल्ला अधिवेशनबाट १९ थारु नेता निर्विरोध निर्वाचित भएका हुन्।

भुगोल तर्फबाट धमकली चौधरी, भागिराम चौधरी, घनश्याम चौधरी, सीताकुमारी चौधरी, कुलराज चौधरी, धुपनारायण चौधरी, विकास चौधरी र मंगल चौधरी निर्विरोध निर्वाचित भएको घोराही उपमहानगरपालिकाका नगर अध्यक्ष भुवन चौधरीले जानकारी दिए। उनका अनुसार भुगोल महिला तर्फबाट पशुपती चौधरी, कुमारी चौधरी,जनजाति तर्फबाट खोपिराम चौधरी र महेश चौधरी सदस्यमा निर्वाचित भए।

त्यस्तै खुला सदस्यतर्फ खुीराम चौधरी, थारु कोटा तर्फबाट तेजमान चौधरी, नन्द कुमार चौधरी, बाबुराम चौधरी, लौटन चौधरी र छवि चौधरी रहेका छन् भने थारु महिला कोटातर्फबाट कैलाशी चौधरी र रामपति चौधरी रहेका छन्।
र्वाचित हुने धमकली चौधरी प्रदेश सभा सदस्य हुन् भने भागीराम चौधरी दंगीशरण गाउँपालिकाका अध्यक्ष हुन्।

नेकपा एमाले दाङ जिल्ला अध्यक्षमा हुकुम बस्नेत चयन भए भने उपाध्यक्षमा राममणी पान्डेय, सचिवमा मनोहर बुढाथोकी, उपसचिवमा कृष्ण भुसाल र हिरा देवी पुन चयन भए। अधिवेशनले १२१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *