सन्जु चौधरीले तोडिन् आफ्नै कीर्तिमान

बाँकेकी सन्जु चौधरीले २४औं पुरुष तथा नवौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाएका छन्। १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता सन्जुले ५९ केजी तौल समूहको सिनियरतर्फ आफ्नै नामको कीर्तिमान तोडिन्। उनले स्न्याचमा ७८ केजी, क्लिनमा ९८ केजीसहित कुल १७६ केजी तौलका साथ नयाँ कीर्तिमान कायम गरेकी हुन्।

यसअघि उनकै नाममा स्न्याचमा ७४ केजी, क्लिनमा ९७ केजी र कुलमा १७१ केजीको कीर्तिमान थियो। उनले स्न्याचमा दोस्रो प्रयासमा ७५ केजी तौल भार बहन गर्दै कीर्तिमानमा सुधारिन्। पुनः तेस्रो प्रयासमा ७८ केजीसाथ नयाँ कीर्तिमान बनाइन्। क्लिनमा पनि तेस्रो प्रयासमा ९८ केजी भार बहन गर्दै कीर्तिमान सुधारिन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *