सँस्कृति संरक्षण र प्रवर्द्धन गर्न मिडियामा पहुँच हुन जरुरी छ : उपप्रमुख तारावती चौधरी

जिल्ला समन्वय समिति कपिलबस्तुका उपप्रमुख तारावती चौधरीले थारु समुदायको भाषा, धर्म, संस्कृति संरक्षण र प्रवर्द्धन गर्न मिडियामा पहुँच हुन जरुरी रहेको बताएकी छन्। थारु पत्रकार संघ नेपाल केन्द्रीय कार्यसमितिले आयोजना गरेको थारु जनप्रतिनिधिहरुसँगको अन्तर्क्रया कार्यक्रममा बोल्दै उनले यस्तो बनाएका हुन्। जिल्ला समन्वय समितिका उपप्रमुख चौधरीले अझै थारु समुदायको भाषा, धर्म, सँस्कृतिका कुराहरु उजगर हुन नसकेको भन्दै आफूहरु मिडियाकर्मी पत्रकारसँग सहकार्य गर्दै जानुपर्ने धारण राखिन्।

उनले पत्रकार उत्पादन गरेर टिकाउन निकै चुनौति रहेको भन्दै एक आर्काबीच निरन्तर सहयोग र सहकार्य हुन जरुरी रहेको समेत बताइन्। चौधरीले अझै पनि कतिपय जनप्रतिनिधिहरु मिडियाकर्मीसँग सहकार्य हुननसक्द आफूहरुले गरेको समाजिक तथा सँस्कृतिक गतिविधिहरु समेत सर्वसाधरण सम्म पुग्न नसकेको धररणा राख्दै थारु समुदायको उत्थान र विकासको लागि आफ्नो सधै सहयोग र सहकार्य सधैंभरि रहने प्रतिबद्धता समेत गरिन्।

त्यस्तै शिवराज नगरपालिकाका उपमेयर शिव कुमारी थारुले आफूलाई यस स्थानमा ल्याउन मिडियाको ठूलो भूमिका रहेको बताइन्। उनले नगरपालिकाको उप प्रमुख जस्तो गरिमामय पदमा आइपुग्न मिडिया लगायत थारु पत्रकार संघको मुख्य भूमिका रहेको प्रशांससमेत गरिन्। उनले थारु संस्कृति, परम्परा भेषभुषा र सँस्कृतिलाई जगेर्ना गर्दै थारु समुदायको विभिन्न समाजिक कार्यहरु डिवहार, मरैया निमार्णदेखि थारु संग्रह निर्माणमा आफ्नो विशेष भूमिका रहेको बताइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *