अखिल नेपाल महिला संघको अध्यक्षमा सरस्वती चौधरी

नेकपा एमाले निकट अखिल नेपाल महिला संघको महोत्तरी जिल्ला अध्यक्षमा सरस्वती चौधरी सर्वसम्मत निर्वाचित भएकी छन्। महोत्तरीको बर्दिबासमा सम्पन्न जिल्ला भेलाले चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो। युवा संघको केन्द्रीय नेतृत्वमा रहिसकेकी चौधरी बर्दिबासकी एमाले नेता हुन्।

भेलाले जिल्ला कमिटीका सबै पदाधिकारी र सदस्य पनि सर्वसम्मत चयन गरेको छ। भेलामा एमाले नेताहरु सुजिता शाक्य,जुलीकुमारी महतो,रामदयाल मण्डल,सरोजकुमार यादव,टेकवहादुर बलम्पाकी,शारदा थापा,दुर्गा दाहाल लगायतले सम्बोधन गरेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *