समाचार

गीता चौधरी प्रमुख रहेको सुरुङ्गा मधेसकै पहिलो बालविवाहमुक्त नगर घोषणा

सप्तरीको सुरुङ्गा नगरपालिका आज मधेस प्रदेश र सप्तरीकै पहिलो बालविवाहमुक्त नगरपालिका घोषणा भएको छ। मधेस प्रदेशसमा बालविवाहविरुद्धको अभियान प्रभावकारी हुन नसकिरहेको परिप्रेक्ष्यमा सुरुङ्गा नगरपालिकाको सबै वडाले बालविवाहमुक्त वडा घोषणाको सूचक पूरा गरेसँगै बालविवाहमुक्त नगर घोषणा गरिएको हो।

थारुवान संबाददाता

थारू समुदायलाई कोटा नछुट्याई खुलाएको विज्ञापनअनुसार पदपूर्ति प्रक्रिया अघि बढाउन लोकसेवा आयोगलाई बाटो खुलेको छ। त्यसलाई यथास्थितिमा राख्न कात्तिक २० गते जारी अन्तरिम आदेश सर्वोच्च अदालतले रद्द गरिदिएको छ।

मदन चौधरी

सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छन्। उनले ४० हजार ७८८ मत पाइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६०० मत पाए। यो हारसँगै संसदीय राजनीतिका अनुभवी खेलाडी विजयकुमार गच्छदार पहिलो पटक संसद पुग्न असफल भएका छन्।

थारुवान संबाददाता

निर्वाचनको मतपरिणामअनुसार लुम्बिनी प्रदेशमा नेकपा एमाले पहिलो दल बनेको छ। उसले १८ सिट जित्दा नेपाली कांग्रेस १७ सिटसहित दोस्रो स्थानमा छ। माओवादी केन्द्र ५ सिट जितेर तेस्रो स्थानमा आउँदा बाँकी जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातान्त्रिक पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी

थारुवान संबाददाता

सर्वोच्च अदालतले थारु समुदायका व्यक्तिहरूका लागि निजामती तथा सरकारी सेवाका प्रत्येक विज्ञापनमा ६.६ प्रतिशत आरक्षण छुट्याउन यसअघि दिएको अन्तरिम आदेश रद्द गरेको छ। यसअघि सर्वोच्च अदालतले सरकारी सेवामा पदपूर्ति गर्दा ६.६ प्रतिशत सिट थारु समुदायका व्यक्तिहरूका लागि छुट्याएर राख्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशमा चौथो ठूलो पार्टी बनेको छ। रेशम चौधरी संरक्षक रहेको यो पार्टीले कैलालीमा प्रतिनिधिसभातर्फ तीन र प्रदेशसभातर्फ ५ सदस्य जितेको छ। समानुपातिक मतअनुसार उसले प्रदेशमा थप कम्तिमा दुई सिट प्राप्त गर्नेछ।

थारुवान संबाददाता

थारू कल्याणकारिणी सभा युएईले आयोजना गर्ने माघी महोत्सवमा थारू कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरी दुबई जाने भएका छन्। संस्थाको वार्षिक साधारणसभासमेत रहेकाले थाकस युएईले माउसंस्थाबाट महामन्त्री चौधरीलाई अतिथिको रुपमा निमन्त्रणा गरेको कार्यक्रम संयोजक लालबहादुर चौधरीले जानकारी दिए।

थारुवान संबाददाता

प्रतिनिधिसभा निर्वाचनको परिणाम अन्तिम चरणमा छ। निर्वाचन सकिएसँगै सरकार गठन प्रक्रिया सुरु हुँदै गर्दा थारु समुदायका हस्ती नेताहरुको जमानत जफत भएको छ। दाङ क्षेत्र नं १ बाट उम्मेदवारी दिएकी र अघिल्लो संसदमा चर्चा बटुलेकी गंगा सत्गौंवाको जमानतसमेत जफत भएको छ।

थारुवान संबाददाता

बाजुराबाहेक सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा तर्फको सबै नतिजा आइसकेको छ। बाजुराबाहेक अन्तिम मतपरिणाअनुसार नेपाली कांग्रेस ठूलो दल बनिसकेको छ। प्रतिनिधिसभातर्फको १६ मध्ये कांग्रेसले ८ क्षेत्र जितेको छ भने प्रदेशसभाको ३२ मध्ये ११ सिट जितेको छ।

थारुवान संबाददाता

रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेशसभा (२) मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन्। नेपाली कांग्रेसका रामचन्द्र ढकाललाई २ सय १ मतको झिनो मतान्तरले पराजित गर्दै चौधरी विजयी भएका हुन्।

थारुवान संबाददाता
1 86 87 88 89 90 213