माघी महोत्सवमा गायिका समीक्षा चौधरी र थाकसका महामन्त्री दुबई जाँदै

थारू कल्याणकारिणी सभा युएईले आयोजना गर्ने माघी महोत्सवमा थारू कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरी दुबई जाने भएका छन्। संस्थाको वार्षिक साधारणसभासमेत रहेकाले थाकस युएईले माउसंस्थाबाट महामन्त्री चौधरीलाई अतिथिको रुपमा निमन्त्रणा गरेको कार्यक्रम संयोजक लालबहादुर चौधरीले जानकारी दिए।

त्यस्तै कलाकारबाट यसपट समीक्षा चौधरी दुबई जाने भएकी छन्। संयोजक चौधरीले समीक्षा चौधरी दुबई आउने निश्चित भएको बताए। उनले थारू कलाकारलाई सम्मानका लागि दुबई निमन्त्रणा गर्न लागिएको बताए।

यसअघि अन्नु चौधरी, श्रीनिवास चौधरी, मनोज चौधरी, रामलाल चौधरी, मदन चौधरी, वर्षा लेखी, राजकुमार लेखीलगायतलाई संस्थाले सम्मान गरिसकेको संयोजक चौधरीले बताए।

थारू नयाँ वर्ष माघीको अवसरमा संस्थाले १५ जनवरी २०२३ का दिन कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम बरदुबईको क्लब एभरेस्ट, अस्टोरिया होटलमा हुने संयोजक चौधरीले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *