एमालेका तुलसी चौधरी प्रदेशसभामा फेरि विजयी

रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेशसभा (२) मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन्। नेपाली कांग्रेसका रामचन्द्र ढकाललाई २ सय १ मतको झिनो मतान्तरले पराजित गर्दै चौधरी विजयी भएका हुन्।

एमालेका चौधरीले १६ हजार ३ सय ९४ मत ल्याउँदा कांग्रेसका ढकालले १६ हजार १ सय ९३ मत ल्याएका छन्। रुपन्देही ३ (१) मा लोसपाका सन्तोष पाण्डे निर्वाचित भएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *