विजय गच्छदारलाई हराउँदै भगवती चौधरी सुनसरी ३ मा निर्वाचित

सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छन्। उनले ४० हजार ७८८ मत पाइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६०० मत पाए। यो हारसँगै संसदीय राजनीतिका अनुभवी खेलाडी विजयकुमार गच्छदार पहिलो पटक संसद पुग्न असफल भएका छन्।

२०४८ यताका सबै संसदमा निर्वाचित भएर सक्रिय भूमिकामा रहेका गच्छदार आउने प्रतिनिधिसभामा भने देखिने छैनन्। एमाले नेतृ भगवती चौधरीलाई पछिल्लो दुई निर्वाचनमा झिनो मतले पराजित गरेका गच्छदार उनै चौधरीसँग यो पटकको निर्वाचनमा पराजित भएका हुन्।

चौधरीलाई २०७० मा भएको दोस्रो संविधानसभामा ३६२ मतले र पछिल्लो २०७४ को निर्वाचनमा ३२१ मतले गच्छदारले पराजित गरेका थिए। तर, यो पटक भने भगवतीले गच्छदारलाई ५ हजार बढी मतको अन्तरले पराजित गरेकी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *