सुदूरपश्चिममा एमालेभन्दा रेशम चौधरीको पार्टी ठूलो

बाजुराबाहेक सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा तर्फको सबै नतिजा आइसकेको छ। बाजुराबाहेक अन्तिम मतपरिणाअनुसार नेपाली कांग्रेस ठूलो दल बनिसकेको छ। प्रतिनिधिसभातर्फको १६ मध्ये कांग्रेसले ८ क्षेत्र जितेको छ भने प्रदेशसभाको ३२ मध्ये ११ सिट जितेको छ।

प्रतिनिधिसभातर्फ नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले बराबर तीन/तीन सिट जितेका छन्। प्रदेशसभातर्फको नतिजाले भने एकीकृत समाजवादी भन्दा नागरिक उन्मुक्ति ठूलो पार्टी बनेको छ। नागरिक उन्मुक्तिले ५ प्रदेशसभा सदस्य जितेको छ।

एकीकृत समाजवादीले सत्ता गठबन्धनबाट प्रदेशसभातर्फ २ सिटमात्रै भाग पाएको थियो। त्यो दुवै सिट जितेको छ। प्रतिनिधिसभा र प्रदेशसभा दुवैतिर नागरिक उन्मुक्तिभन्दा एमाले सानो दल बनेको छ। एमालेले प्रतिनिधिसभातर्फ २ र प्रदेशसभामा ३ सिट जितेको छ। एमालेले प्रतिनिधिसभामा बैतडी र कञ्चनपुर-१ बाटमात्रै जितेको छ।

रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा एमालेलाई पछाडि पारेको छ। बर्दिया-२ सहित नागरिक उन्मुक्तिले कैलाली-१, २ र ३ जित्यो। यी क्षेत्रमा क्रमशः रञ्जिता चौधरी, अरुण चौधरी र गंगा चौधरी विजयी भएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *