यी थारू नेता, जसको जमानत जफत भयो

प्रतिनिधिसभा निर्वाचनको परिणाम अन्तिम चरणमा छ। निर्वाचन सकिएसँगै सरकार गठन प्रक्रिया सुरु हुँदै गर्दा थारु समुदायका हस्ती नेताहरुको जमानत जफत भएको छ। दाङ क्षेत्र नं १ बाट उम्मेदवारी दिएकी र अघिल्लो संसदमा चर्चा बटुलेकी गंगा सत्गौंवाको जमानतसमेत जफत भएको छ।

नेकपा एमालेले टिकट नदिएपछि गंगाले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएकी थिइन्। लौरो चुनाव चिन्हबाट उम्मेदवारी दिएकी उनले १०९३ मत मात्र पाएकी छन्। निर्वाचन आयोग ऐनअनुसार कूल सदर मतको १० प्रतिशत मत नल्याउनेको जमानत जफत हुन्छ।

सोही क्षेत्रबाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)की अध्यक्ष रुक्मिणी चौधरीको जमानत पनि जफत भएको छ। उनले २९३ मत पाएकी छन्।

त्यस्तै थरुहट नेता किशोर विश्वासको पनि जमानत जफत भएको छ। सुनसरी क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका उनले जम्मा ३१९ मत पाएका छन्।

त्यस्तै मधेस प्रदेश सदस्यका लागि सप्तरी १ बाट उम्मेदवारी दिएका तुलसी चौधरीको पनि जमानत जफत भएको छ। उनले सप्तरी १(१)बाट जम्मा ५६० मत ल्याएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *