समाचार

तेलको ऋण तिर्न श्रीलंकालाई भारतले दियो ५ सय मिलियन डलर

भारत सरकारले पेट्रोलियम पदार्थ तेलको ऋण तिर्न श्रीलंका सरकारलाई ५ सय मिलियन डलर रकम सहयोग उपलब्ध गराएको छ। आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई भारतले बुधबार सो रकम सहयोगस्वरुप ऋण उपलब्ध गराएको हो।

थारुवान संबाददाता

घोराहीका महेश चौधरीले १३ कठ्ठा खेतमा घाँस लगाएका छन्। हिउँदमा बरसिम लगाएपछि एक याममा चारदेखि पाँच पटकसम्म काट्न सकिन्छ। घाँस लगाउँदा त्यसले धान उत्पादनमा समेत वृद्धि हुने उनको अनुभव छ। बीउ छरेपछि गोडमेल र स्याहार्न झन्झट नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो।

रञ्जिता अधिकारी

नागरिक समाजका अगुवा तथा बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले नेपालको प्रगतिको लागि पनि एमसीसी लिनुपर्ने बताएका छन् । उनले नेपाल अहिले टाट पल्टिएको अवस्थामा रहेको उल्लेख गर्दै कसैले दिने सहायता स्विकार गर्नुपर्नेमा जोड दिए ।

थारूवान

नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने गरी महाकाली नदीमा पक्की मोटरेबल पुल बन्ने भएको छ । पुल बनाउने परियोजनाबारे मंगलबार भारत र नेपालबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठ र भारतीय राजदूत विनयमोहन क्वात्राले...

थारुवान संबाददाता

सरकारले २०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ। सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने समझदारी बनेको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसहित निर्वाचन आयोगका

थारुवान संबाददाता

नेकपा एमाले निकट भूमिहीन सुकुम्बासी संगठनले संविधानले निर्धारण गरेको समयभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएको छ। संगठनकी अध्यक्ष शान्ता चौधरीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सरकार स्थानीय चुनाव नगर्ने चालबाजीमा रहेको आरोप लगाएकी छन्।

थारुवान संबाददाता

नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा नेपाल एपीएफ क्लबकी स्पाइकर सरस्वती चौधरीको घुँडाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। सरस्वतीको सोमबार आज बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा सफलतापूर्वक शल्यक्रिया गरिएको हो।

थारुवान संबाददाता

बर्दियाको बढैयाताल गाँउपालिका-३ सतपतियामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भिर घाइते भएका छन् । हिजो बेलुकी ८ बजे घर अगाडि आगो तापिरहेका ५ जनालाई भे १ क १४९५ नम्बरको टिपरले अनियन्त्रित भई ठक्कर दिएको थियो ।

थारुवान संबाददाता

गुगलले भारतको नम्बर दुई मोबाइल अपरेटर भारती एयरटेलमा १ अर्ब डलर लगानी गर्ने भएको छ । करिब एक अर्ब भारतीयहरूलाई स्मार्टफोनमा सस्तो पहुँच प्रदान गर्न र क्लाउड–आधारित कम्प्युटिङको प्रयोगलाई गति दिन साझेदारी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

थारुवान संबाददाता

शम्भू कट्टेल। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गर्न सरकारलाई जति दबाब छ, त्यति नै बढी एमसीसीबारे सहमति जुटाउन गठबन्धन दलहरुलाई सकस। एमसीसी पारित गर्नेबारे गठबन्धनका शीर्ष नेतृत्वबीच आंशिक सहमति भएको छ। तर, गठबन्धनमा आबद्ध दलहरुले एमसीसीबारे पार्टीभित्र भने घनिभुत छलफल गरेका छैनन्। सबैभन्दा बढी नेकपा माओवादी केन्द्रमा...

शम्भू कट्टेल