नेपाल र भारतबीच महाकालीमा पुल बनाउन समझदारीपत्रमा हस्ताक्षर

नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने गरी महाकाली नदीमा पक्की मोटरेबल पुल बन्ने भएको छ । पुल बनाउने परियोजनाबारे मंगलबार भारत र नेपालबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठ र भारतीय राजदूत विनयमोहन क्वात्राले एमओयूमा हस्ताक्षर गरेका हुन्।

यस परियोजनाले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई सुदृढ बनाउने विश्वास गरिएको छ। दुवै देशका सरकारले प्राथमिकताका साथ अघि सारेको यो परियोजनाको काम चाँडै शुरु हुने समझदारी पत्रमा उल्लेख छ।

भारत सरकार र नेपाल सरकारले मन्त्रिपरिषद बैठकले महाकाली नदीमाथि मैत्री पुल बनाउन अनुमति प्रदान गर्ने निर्णय गरेका थिए । सडक विभागका महानिर्देशक शिवहरी सापकोटाका अनुसार भारतको उत्तराखणड सरकारको लगानीमा पुल बनाउने गरी एमओयू भएको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *