तेलको ऋण तिर्न श्रीलंकालाई भारतले दियो ५ सय मिलियन डलर

भारत सरकारले पेट्रोलियम पदार्थ तेलको ऋण तिर्न श्रीलंका सरकारलाई ५ सय मिलियन डलर रकम सहयोग उपलब्ध गराएको छ। आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई भारतले बुधबार सो रकम सहयोगस्वरुप ऋण उपलब्ध गराएको हो।

पहिलो चरणमा उपलब्ध गराएको सो रकमबाट श्रीलंकाले भारतबाट पेट्रोलियम पदार्थ खरिद गर्ने बताइएको छ। टापु मुलुक श्रीलंकाका पछिल्लो समय आर्थिक संकटसँग जुधिरहेको छ। श्रीलंकालाई आर्थिक सहयोग गर्न भारतले अझै १ बिलियन डलर उपलब्ध गराउने तयारीमा रहेको भारतीय मिडियामा उल्लेख छ। खाद्य संकटबाट समेत जुधिरहेको श्रीलंकाले पछिल्लो समय चीनसँग समेत ऋण मागिरहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *