समाचार

थारु फ्रेन्ड्स अमेरिकाद्वारा स्वास्थ्य सामाग्री सहयोग

अमेरिकामा बस्ने थारुहरुले न्युयोर्कमा बस्ने नेपालीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेर माघी मनाएका छन्। थारु समुदायको महान पर्व माघी र थारु सम्वत २६४५ को अवसरमा अमेरिकाको न्युयोर्क राज्यको रिजिङ सहरमा बस्ने नेपाली तथा त्यहाँ बस्ने समुदायलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो।

थारुवान संबाददाता

सुनसरीमा आयोजित बुर्जु महोत्सवमा हिजो भोजपुरी स्टार खेसरीलाल यादव नआएको भन्दै दर्शकले विध्वंस मच्चाए ।महोत्सवस्थलमै चारवटा स्करर्पिओ गाडीमा तोडफोड र आगजनी भएको थियो । कलाकार यादवले यस विषयमा मुख खोल्दै सबै दोष आयोजकलाई दिएका छन् ।

थारुवान संबाददाता

श्रीलंकाको अर्थ मन्त्री बसिल राजापाक्षेले देशको बन्दरगाह, पुर्वाधार, उर्जा, उर्जा उत्पादनको क्षेत्रमा भारतीय लगानीको लागि आह्वान गरेका छन्। चिनियाँ ऋणबाट थलापर्दै गएको श्रीलंकाले त्यसबाट मुक्ति पाउनका निमित्त बन्दरगाह सहितका पुर्वाधारहरुको निर्माणमा भारतीय लगानी कर्ताको सहयोग अपरिहार्य रहेको हुँदा यहाँ लगानी गरेर सहयोग गर्न अपिल गरेका हुन्।

थारुवान संबाददाता

भोजपुरी कलाकार खेशारीलाल यादव नआएको भन्दै स्थानीयले सुनसरीको बर्जु गाउँपालिकामा आयोजित बर्जु महोत्सवमा आगजनी र तोडफोड गरेका छन्। सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडीमा महोत्सव आयोजना भएको थियो।

थारुवान संबाददाता

खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय भएको छ। कोभिड-१९ भाइरसविरुद्धको खोप लगाइदिनका लागि १६ देखि २० माघसम्म विद्यालय खोल्ने निर्णय भएको गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाले बताए।

थारुवान संबाददाता

सत्तारुढ गठबन्धनबीच स्थानीय चुनाव २०७९ सालको वैशाखमै गर्ने सहमति भएको छ। बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले सो सहमति गरेको हो। संवैधानिक व्यवस्था अंगीकार गरेर अगाडि बढ्न सबै सहमत भएको एक नेताले बताए । यसबारे थप छलफल गर्न विहीबार फेरि बैठक बस्ने बताइएको छ।

थारुवान संबाददाता

प्रदेशसभा गठन भएको करिब ४ वर्षपछि बल्ल प्रदेश २ ले आफ्नो नाम र स्थायी राजधानी पाएको छ। प्रदेशसभाले आज मतदान प्रक्रियाबाट प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो। प्रदेशसभाका दुई तिहाइ बहुमत प्रदेशसभा सदस्यहरूले प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधामलाई कायम गरेको छ।

थारुवान संबाददाता

चीनमा एमबिबिएस अध्ययन पूरा गर्न नपाएका विद्यार्थीद्वारा तालाबन्दी कोभिड–१९ को महामारीका कारण चीनमा एमबिबिएस अध्ययन पूरा गर्न नपाएकालाई नेपालमै इन्टर्न गर्न पाउने सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ गरेको भन्दै विद्यार्थीले चिकित्सा शिक्षा आयोगमा ताला लगाएका छन् । त्यसअघि विद्यार्थीहरूले साढे दुई घन्टा आयोगमा धर्नासमेत दिएका थिए । मन्त्रिपरिषद्ले निर्णय गरी शिक्षा मन्त्रालयले...

थारूवान

नेपालीमा एउटा बहुत सुन्दर उखान प्रसिद्ध छ, “नजिकको तिर्थ हेला” भनेझैं हामिलाई चीनमाथी जागेको भरोसा र भारत प्रतिको ईर्ष्याभावले कुभलो हुने आफ्नै हो । समयमा सत्यलाई स्विकार नगरि मित्रसंग बैरभाव राख्नु स्वयंलाई सिध्याउने सबभन्दा सरल उपाय हो । किनकी त्यहीवेला हो शत्रुले नजर लाउने र आफ्नाजनसंग टाढा बनाउने ।...

थारूवान

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा भगवती चौधरी सर्वसम्मत् चयन भएकी छिन् । कम्पनीको पुुस ३० गतेसम्पन्न नवौं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट निर्वाचित सञ्चालक चौधरीलाई सोही दिन बसेको नव निर्वाचित सञ्चालक समितिको बैठकले सर्वसम्मत अध्यक्षको रुपमा चयन गरेको हो ।

थारुवान संबाददाता