सरकार स्थानीय चुनावबाट भाग्न खोज्यो : शान्ता चौधरी

नेकपा एमाले निकट भूमिहीन सुकुम्बासी संगठनले संविधानले निर्धारण गरेको समयभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएको छ। संगठनकी अध्यक्ष शान्ता चौधरीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सरकार स्थानीय चुनाव नगर्ने चालबाजीमा रहेको आरोप लगाएकी छन्।

चौधरीले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको परिकल्पना गर्न नसकिने बताएकी छन्। संगठनले सरकार मुक्त कमैयाको समस्या समाधान गर्न र एमाले सरकारका पालमा अघि बढेको भूमिहीनलाई जग्गा वितरण गर्ने कार्यबाट समेत विमुख भएको आरोप लगाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *