2

आन्दोलनका घाइतेको उपचारका लागि डेढ करोड निकासा

सरकारले मधेस आन्दोलनका घाइतेको उपचार खर्चका लागि झण्डै डेढ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले घाइतेहरुको उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो । ‘मधेस आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

थारूवान

थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनले चन्द्रप्रसाद चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको भोलिपल्टै उपत्यका समितिका अध्यक्ष संजय चौधरीसहित सबै पदाधिकारीले राजीनामा दिएका छन्। उनीहरुले राजीनामा पत्र केन्द्रीय अध्यक्षसमक्ष  बुझाएका छन्। उनीहरुले राजीनामा दिनुको पाँच कारण तेर्स्याएका छन्।

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सुरक्षा निकायले पक्राउका लागि ‘वान्टेड’ सूचीमा राख्दै सर्वाधिक खोजी गरेका एक विवादास्पद फरार अभियुक्तलाई उच्च सुरक्षा घेराभित्र भारतमा भेटेका छन् । गत वर्ष टीकापुरको चिलम चौराहामा दुईबर्से बालक र आठ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनामा मुछिएका ‘कर्तव्य ज्यान’ मुद्दाका मुख्य अभियुक्त रेशम चौधरीलाई प्रधानमन्त्री दाहालले...

थारूवान

लखन चौधरी/कैलाली। नयाँ संविधानप्रति विमक्ति जनाउँदै आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीले धनगढीमा जनप्रदर्शनसहित (असोज ३ गते) कालो दिवस मनाएको छ। आफूहरुको माग र मुद्दालाई सम्बोधन गरिनुको साटो उपेक्षा गरिएको भन्दै धनगढीको गुरही चौक (क्याम्पस चौक) देखि जिल्ला प्रशासन कार्यालयसम्म जनप्रदर्शन गरी कालो दिन मनाएको हो।

थारूवान

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले टीकापुर घटना आततायी, हिंस्रक र आपराधिक भएको बताएका छन्। एमाले प्रदेश नं ७ स्तरीय बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जानेगरी भएको आपराधिक घटनाको दोषीलाई छाड्न नहुने बताए।

थारूवान

मन्त्रिपरिषद बैठकले संविधान दिवसको अवसरमा ५३७ कैदीको बाँकी कैद मिनाहा गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। असल आचारण देखाएका र ४० प्रतिशत कैद भुक्तान गरेका कैदीहरुलाई संविधान दिवसको अवसरमा छोड्ने निर्णय गरेको हो। 

थारूवान

थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनमा देखिएको विवाद मोटामोटी सहमति नजिक पुगेको छ। शनिबारदेखि अबेर रातसम्म भएको बैठकले मोटामोटी सहमति गरेको छ। बैठक स्रोतका अनुसार सबै पदमा सहमति जुटेको छ। सहमतिअनुसार थारु विद्यार्थी समाजको अध्यक्षको कार्यभार चन्द्रप्रसाद चौधरीले सम्हाल्नेछन्।

थारूवान

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले डेढ करोडको उपचार खर्चको विल सरकारलाई बुझाएको छ। मधेसी मोर्चाका नेताहरुले आइतबार उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर मधेस आन्दोलनमा घाइते भएकाहरुको उपचारमा खर्च भएको रकमको विल पेश गरेका हुन्।

थारूवान

सरकारले टीकापुर घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक नगर्ने भएको छ । साथै दशैंअघि नै मधेस आन्दोलनका क्रममा पक्राउ परेकाहरुको मुद्धा फिर्ता दिने बताएको छ । शनिबार गृह मन्त्रालयमै पत्रकारहरुसँग भएको भेटमा उपप्रधानमन्त्री विमलेन्द्र निधिले टीकापुर घटनाको छानविन सार्वजनिक नहुने संकेत गरे । मधेस आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्न उच्चस्तरीय...

थारूवान

दोस्रो पटक आयोजना भएको थारु विद्यार्थी समाजको छैटौं राष्ट्रिय महाधिवेशनमा पनि किचलो देखिएको छ। अध्यक्ष र महासचिव पदमा कुरा नमिलेपछि छैटौं महाधिवेशन पनि विफलको संघारमा पुगेको छ। रमेश चौधरी समूहले अध्यक्षबाहेक सबै पदमा दाबी गरेपछि विवाद चर्किएको हो।

थारूवान