आन्दोलनका घाइतेको उपचारका लागि डेढ करोड निकासा

सरकारले मधेस आन्दोलनका घाइतेको उपचार खर्चका लागि झण्डै डेढ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले घाइतेहरुको उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो । ‘मधेस आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । यो १ करोड ४० लाख जस्तो छ,’ सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सुरेन्द्र (राम) कार्कीले भने । मधेसी मोर्चाले केही समय अघि मात्र घाइतेहरुको उपचार खर्चको विल गृह मन्त्रालयमा पेश गरेको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *