कांग्रेसप्रति रञ्जिता आक्रोशित- प्रधानमन्त्रीले विश्वासको मत माग्दा नाराबाजी गर्नु अर्थपूर्ण हो?

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई प्रधानमन्त्रीले विश्वासको मत माग्दा वेल घेरेर नाराबाजी गर्नु अर्थपूर्ण हो कि होइन भनेर प्रश्न गरेकी छन्।

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीले विश्वासको मत लिनु स्वाभाविक भएको बताइन्। उनले संसदभित्र प्रक्रिया मिलेर नै आफूहरूले विश्वासको मत दिएको बताइन्।

उनले प्रतिपक्ष दलहरूले प्रधानमन्त्रीले विश्वासको मत लिनुको अर्थ नभएको टिप्पणी गरिरहेको सन्दर्भमा नेपाली कांग्रेसले नाराबाजी गर्नु अर्थपूर्ण हो त भनी प्रश्न गरिन्।

उनले भनिन्, ‘सम्मानित सदनभित्र प्रक्रिया मिलेर नै विश्वासको मत दिइएको छ। विपक्षी दलले अर्थ छैन भनेर भनिरहँदाखेरी र रोष्टममा बसेर प्रधानमन्त्रीले विश्वासको मत मागिरहँदाखेरी उहाँहरू वेल घेरेर नाराबाजी गरिरहने कुरा अर्थपूर्ण हो कि होइन?’

यसपघि पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो विश्वासको मतलाई निरन्तरता दिएको छ। -न्युज एजेन्सी नेपाल




Leave a Reply

Your email address will not be published. Required fields are marked *