‘चार जनाले बनाएको कालो संविधान मान्दैनौं’

लखन चौधरी/कैलाली।

नयाँ संविधानप्रति विमक्ति जनाउँदै आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीले धनगढीमा जनप्रदर्शनसहित (असोज ३ गते) कालो दिवस मनाएको छ। आफूहरुको माग र मुद्दालाई सम्बोधन गरिनुको साटो उपेक्षा गरिएको भन्दै धनगढीको गुरही चौक (क्याम्पस चौक) देखि जिल्ला प्रशासन कार्यालयसम्म जनप्रदर्शन गरी कालो दिन मनाएको हो।

प्रर्दशनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै संघर्ष समितिका नेताहरुले संविधान संशोधनको माध्यमबाट आफुहरुको सीमांकनसहितको माग र मुद्धा सम्बोधन नभए आफ्नो संविधान आफै घोषणा गर्ने चेतावनी समेत दिए।

tharu-protest-against-nepal-caथरुहट/थारुवान संयुक्त संघर्ष समितिका प्रादेशिक संयोजक होरीलाल चौधरीले संविधान दिवसमा खुसयाली मनाउनु पर्नेमा बाध्य भएर आफुहरु विरोध प्रदर्शन गरेको बताए।

‘संविधान घोषणा हुनु पूर्व पनि हामी आन्दोलनमै थियौ, तर विडम्बना उत्पीडित वर्गलाई उपेक्षा गरी जबरजस्ती असोज ३ गते संविधान घोषणा गरियो’, उनले भने– ‘आज ७० प्रतिशत जनता सडकमा छन्, चार जनाले घोषणा गरेको संविधान हामीलाई मान्य छैन।’

त्यस्तै प्रादेशिक संयोजक चौधरीले संविधान संशोधन या पुनर्लेखनको माध्यमबाट माग सम्बोधन नभए आफ्नो संविधान आफै घोषणा गर्ने चेतावनी समेत दिए।

‘हामी वर्षौदेखि आन्दोलनमै छौ, हामी चाहान्छौ यसै संविधानमा हाम्रो पनि अपनत्व होस्, यदि त्यसो भएन भने के गर्ने, आफ्नो लागि संविधान घोषणा बाध्य हुनेछौ–‘चेतावनी दिदै भने–‘कैलाली–कञ्चनपुर कसैको पेवा होइन्, प्रादेश माग्नेले अब देश पनि माग्न सक्छ।’

यसैबीच उनले नेकपा एमाले उपाध्यक्ष भीम रावललाई टीकापुर घटनाको मुख्य नायकेको संज्ञा दिए। उनकै कारण घटना घटेको र उनकै कारण थारु, मधेसीलगायत उत्पीडित समुदाय आफ्नो पहिचानबाट विमुख हुदै आएको आरोप समेत लगए।

कोण सभालाई सम्बोधन गर्दै थरुहट तराई पार्टी नेपालका केन्द्रीय अध्यक्ष भानुराम थारूले पनि दशैंभित्रै संविधान संशोधन गरी माग पुरा नगरिए नयाँ संविधान घोषणा गर्ने ठोकुवा गरे। आफुहरुले घोषणा गर्नेवारे प्रधानमन्त्री प्रचण्डलाई समेत जानकारी गराई सकेको बताउँदै नेता थारुले अब धेरै धैर्य गर्न नसकिने चेतावनी दिए।

tharu-protest-against-nepal-ca-03त्यस्तै, उनले टीकापुर घटनामा मारिएका एसएसपी लक्ष्मण न्यौपानेलाई राज्यले नै मार्ने षड्न्त्र रचेको तर्क गरे। कोण सभामा थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलाली संयोजक कृष्णकुमार चौधरी ‘कुन्दन’ र रानाथारु संयुक्त संघर्ष समिति संयोजक मालामति रानाले पनि सम्बोधन गरेको थिइन्। आफुहरुको आन्दोलन कुनै जातिवादी आन्दोलन नभई जनजाति, थारु, मधेशी, मुस्लिमलगायत उत्पीडित वर्गहरुको आन्दोलन रहेको उनीहरुको भनाई थियो।

अर्कोतिर, जिल्ला विकास समितिको संयोजकत्वमा संविधान दिवसको अवसरमा विविध कार्यक्रम भएको छ। जिविसको संयोजकत्वमा धनगढीको चौराहाबाट जिविस कार्यालयसम्म प्रभातफेरी गरी समारोहमा परिणत भएको थियो।

स्थानीय विकास अधिकारी केशवप्रसाद बिमलीको अध्यक्षतामा भएको समारोह कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजाल, कैलाली प्रहरी प्रमुख राजेन्द्र विष्ट, नेपाल वारका जिल्ला अध्यक्ष प्रेम चन्द्रलगायत राजनीतिक दलका प्रतिनिधि, सरकार, गैरसरकारी, संघसंस्थाका प्रतिनिधि, नागरिक समाज, पत्रकारलगायतको उपस्थिति रहेको थियो। सो अवसरमा कार्र्यालय, संघसंस्था तथा घरघरमा दिपावली गरिएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *