संसद बैठकमै केपी ओली र धनराज गुरुङबीच भनाभन

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङबीच भनाभन भएको छ। संसद बैठक चलिरहेकै बेला उनीहरूबीच भनाभन भएको हो। सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने/नदिने विषयमा अध्यक्ष ओली र उपसभापति गुरुङबीच भनाभन भएको थियो।

बिहीबार संसद बैठक सुरू भएलगत्तै कांग्रेसले नाराबाजी गरेको थियो। त्यसबीच सभामुख देवराज घिमिरेले नाराबीच सदन सञ्चालन गरेका थिए। उनले राष्ट्रपति कार्यालयको पत्र पढेर गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएका थिए।

त्यहीबीच कांग्रेस नेताहरूले गृहमन्त्री लामिछानेलाई रोस्टममा जान रोकेका थिए। सबै दृश्य देखिरहेका ओलीले कांग्रेस सांसदहरूलाई सम्झाउने प्रयास गरेका थिए। त्यही बेला कांग्रेस सभापति गुरुङले औंला ठड्याउँदै ओलीसँग भनाभन गरेका थिए। त्यसक्रममा एमाले अध्यक्ष ओलीसमेत आक्रामक बनेका थिए।

संसदमा मुढभेडको अवस्था आएपछि सभामुख घिमिरेले भोलिसम्मका लागि बैठक स्थगित गरेका छन्। बैठक भोलि ११ बजे बस्ने छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *