2

थारु विद्यार्थीको अध्यक्षमा चन्द्रप्रसाद चौधरीको उम्मेदवारी घोषणा

थारु विद्यार्थी समाज (थाविस)को छैठौं राष्ट्रिय महाधिवेशनका लागि चन्द्रप्रसाद चौधरीले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन्। झन्डै दुई वर्षपछि हुन लागेको छैटौं महाधिवेशन असोज १ र २ गते कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने आयोजकले जनाएको छ।

थारूवान

नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले थारु समुदायले आफ्नो अधिकारका लागि गरेका आन्दोलनको सम्मान नभएको गुनासो गरेक छन्। यस्तो स्थितिमा अर्को राजनीतिक क्रान्ति हुने र आर्थिक क्रान्ति अघि बढ्न सम्भव नहुने उनले बताए।

थारूवान

नेपाल पत्रकार महासंघको केन्द्रीय विधानमा पदाधिकारी र सदस्यहरुको थारुकोटा छुट्याउन माग गर्दै थारु पत्रकार संघ नेपालले महासंघलाई सोमबार ज्ञापनपत्र बुझाएको छ । भाद्र २५ गते चित्तवनको सौराहामा भएको केन्द्रीय भेलाको निर्णयअनुसार संघले महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा गएर महासंघका अध्यक्ष डा. महेन्द्र विष्टलाई ज्ञापनपत्र बुझाएको हो ।

थारूवान

आदिवासी जनजाति अगुवाहरुले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै आदिवासी जनजाति मन्त्रालय गठन गर्न माग गरेका छन् । उनीहरुले संविधानमा जनजाति अधिकारलाई मौलिक हकको रुपमा व्यवस्था गर्न र आदिवासी जनजाति दिवस सरकार आफैंले आयोजना गर्ने पनि सरकारलाई सुझाव दिएका छन् । आफ्ना मागबारे ध्यानाकर्षण गराउने उद्देश्यले आदिवासी जनजाति महासंघका अध्यक्ष...

थारूवान

संघीय गठबन्धनका संयोजकसमेत रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरे । यादव र ठाकुर कसैले पनि प्रधानमन्त्री दाहालसँगको भेटबारे गठबन्धनमा आवद्ध दललाई जानकारी दिएका छैनन् । 

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । बिहीबार व्यवस्थापिका संसदमार्फत् राष्ट्रका नाममा संबाेधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन गरी संविधानको स्वीकार्यता फराकिलो पारिने बताए ।

थारूवान

काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख प्रतिपक्ष नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सहमतिबिना संविधान संशोधन प्रस्ताव गर्न नहुने बताएका छन्। भदौ ३० गते भारत भ्रमण जानुअघि नै संविधान संशोधनको भित्री तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्ता सहयोगी दल नेपाली कांग्रेस लागिरहेका बेला गच्छदारको फरक ...

थारूवान

थारु कल्याणकारिनी सभा कतार च्यापटरले थारुको महान पर्व जितिया मनाउने भएको छ । कतार च्याप्टरको अध्यक्ष अन्जनी पन्जियारको सभापतित्वमा र सदस्य अर्बिन्द कुमार चौधरीको संयोजनमा हुने कार्यक्रममा आदिवासी जनजाति महासंघ कतारको अध्यक्ष सियाराम चौधरीको प्रमुख आतिथ्यमा २३ सेप्टेम्बरमा , नोट अल नोक्यान रेस्टुरेन्ट (नजमा) विहानको ११ बजे कार्यक्रम हुने...

थारूवान

कारी महतो थारु/चितवन। विभिन्न राष्ट्रिय तथा स्थानीय पत्रपत्रिका तथा मिडियाहरुमा आबद्ध थारु पत्रकारहरुको छाता संगठन थारु पत्रकार संघ नेपालको राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगेको छ । ‘थारु समुदायको मुद्दा उठान, थारु पत्रकार संघको अभियान, सबै मिली जोगाऔं, थारुहरुको पहिचान’ मुख्य नारासहितको राष्ट्रिय भेला पर्यटकीय नगरी चितवनको सौराहामा भदौ...

थारूवान

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद गोपाल दहित अस्पताल भर्ना भएका छन्। पिसाबमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका हुन्। उनी राजधानीको बल्खुस्थित बयोधा अस्पतालमा भर्ना भएको परिवारले जनाएको छ।

थारूवान