सांसद गोपाल दहित अस्पताल भर्ना

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद गोपाल दहित अस्पताल भर्ना भएका छन्। पिसाबमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका हुन्। उनी राजधानीको बल्खुस्थित बयोधा अस्पतालमा भर्ना भएको परिवारले जनाएको छ।
काम विशेषले गृहजिल्ला बर्दिया पुगेका दहितको अचानक पिसाबमा समस्या आएको थियो। कोहलपुरमा उपचार सम्भव नभएपछि सांसद् दहितलाई काठमाडौं ल्याइएको उनका साथी देवमान चौधरीले जानकारी दिए।

उनका अनुसार स्वास्थ्य स्थिति अहिले सामान्य भइसकेको छ। ‘स्वास्थ्य स्थिति अहिले सामान्य भइसकेको छ। डाक्टरको सल्लाहअनुसार माननीयज्यु तीन-चार दिन अस्पतालमै आराम गर्नुहुनेछ,’ उनले थारुवानसँग भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *