कतार बस्ने थारुहरुले जितिया पर्व मनाउने

थारु कल्याणकारिनी सभा कतार च्यापटरले थारुको महान पर्व जितिया मनाउने भएको छ । कतार च्याप्टरको अध्यक्ष अन्जनी पन्जियारको सभापतित्वमा र सदस्य अर्बिन्द कुमार चौधरीको संयोजनमा हुने कार्यक्रममा आदिवासी जनजाति महासंघ कतारको अध्यक्ष सियाराम चौधरीको प्रमुख आतिथ्यमा २३ सेप्टेम्बरमा , नोट अल नोक्यान रेस्टुरेन्ट (नजमा) विहानको ११ बजे कार्यक्रम हुने आयोजक समितिले जानकारी गराएको छ ।

कार्यक्रममा कतारमा रहेका सम्पूर्ण नेपालीलाई उपस्थित भइ कार्यक्रम सम्पन्न गर्न समेत आयोजकले अपिल गरेको छ । कार्यक्रम बारेमा थप जानकारीको लागि अन्जनी पजियार ६६३४०६६१, सत्यनारायण चौधरी ६६५८०९२४, श्याम लाल चौधरी ३३९९५०४३,अर्बिन्द कुमार चौधरी ५५९८०८३७ लाई समेत सम्पर्क गर्न सकिने आयोजकले बताएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *