प्रधानमन्त्रीले भने- संविधान कार्यान्वयन प्राथमिकतामा, संशोधन प्रक्रिया चाँडै अगाडि बढछ

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । बिहीबार व्यवस्थापिका संसदमार्फत् राष्ट्रका नाममा संबाेधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन गरी संविधानको स्वीकार्यता फराकिलो पारिने बताए ।
‘सरकारको मुख्य प्राथमिकता संविधानको कार्यान्वयन हो,’ राष्ट्रका नाममा संबोधन गर्दै प्रधानमन्त्री दाहालले भने –‘छिटोभन्दा छिटो संविधान संशोधनको प्रक्रिया अगाडी बढाएर संविधान सर्वस्वीकार्यता बनाउनु छु ।’ यसअघि मधेसी–थारु र आन्दोलनरतसँग सरकारको सम्बध तिक्त रहेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएपछि तिक्तता र सामाजिक धुव्रीकरण घटेको दाबी गरे ।

स्थानीय तहको संख्या निर्धारण र सीमा निर्माण सहमतिबाटै असोज मसान्तभित्र टुंगो लगाइने उनले बताए । पुनर्निमार्ण र नवनिर्माण, सुशासन, भौतिक र पूर्वाधार निर्माण, रोजगारी सृजना र स्वरोजगार आफ्नो मुख्य एजेण्डा रहेको प्रम दाहालले बताए । २०७४ माघभित्र सबै तहको निर्वाचन गर्ने दाबी गर्दै दाहालले निर्वाचन र अन्य कामका लागि कानुन निर्माण भइरहेका बताए ।

प्रम दाहालले चीन र भारतसँग सम्भौता र सममति र कार्यान्वयन गर्र्दै बहुपक्षीय र द्विपक्षीय सहमतिलाई जोड दिइने बताए । भारत र चीनसँगको आपसी हित र सम्बन्ध विस्तारमा आफू लागेको बताउँदै दाहालले यसको सकारात्मक परिणाम पनि आएको दाबी गरे ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *