टीकापुर घटनामा संलग्नलाई कारबाही हुनुपर्छ : रावल
![टीकापुर घटनामा संलग्नलाई कारबाही हुनुपर्छ : रावल](https://www.tharuwan.com/wp-content/uploads/2016/09/CPN-UML-Vice-Chairman-Bhim-Rawal.jpg)
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले टीकापुर घटना आततायी, हिंस्रक र आपराधिक भएको बताएका छन्। एमाले प्रदेश नं ७ स्तरीय बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जानेगरी भएको आपराधिक घटनाको दोषीलाई छाड्न नहुने बताए।
उनले भने, ‘सरकारले घटनामा संलग्नलाई राजनीतिक मुद्दा भनेर छाड्यो भने दण्डहीनताले प्रश्रय पाउँछ।’
Facebook Comment