थारु विद्यार्थी समाजको उपत्यका समितिका संजय समूहद्वारा सामूहिक राजीनामा

थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनले चन्द्रप्रसाद चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको भोलिपल्टै उपत्यका समितिका अध्यक्ष संजय चौधरीसहित सबै पदाधिकारीले राजीनामा दिएका छन्। उनीहरुले राजीनामा पत्र केन्द्रीय अध्यक्षसमक्ष  बुझाएका छन्। उनीहरुले राजीनामा दिनुको पाँच कारण तेर्स्याएका छन्।

अध्यक्ष संजय चौधरीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ-
१. बारम्बार जानकारी गराउँदा पनि यस थारू विधार्थी समाज उपत्यका समितिविरुद्ध समानान्तर गठन गर्दा पनि कुनै कारबाही नगरेकाले।
२. छैठौं राष्ट्रिय महाधिवेशनमा कुनै इकाई समिति सदस्य नरहेको ब्यक्तिलाई फर्जी प्रतिनिधि बनाई केन्द्रीय समितिमा योजनाबद्ध तरिकाले निर्वाचित गरेकाले।
३. उपत्यकामै महाधिवेशन हुँदा पनि आधिकारिक उपत्यका समितिको भूमिकालाई शून्य पारी जिमेवारीविहीन बनाएको तर समानन्तर समितिलाई नै जिमेवारी दिएकाले।
४. थारू विधार्थी समाजमा छैठौं महाधिवेशनमा राजनीतिक हाबी बढ़ाउँदै राजीतिक ब्यक्तिहरुलाई विधि विधान विपरीत निर्वाचित गरेकाले।
५. विधान बमोजिम उपत्यका समितिको अधिवेशन गराए पनि महधिवेशनमा प्रतिनिधि र पर्यवेक्षकको रुपमा सहभागी नगराएकाले।

tha-bi-sa




Leave a Reply

Your email address will not be published. Required fields are marked *