थारु विद्यार्थीको पदाधिकारीमा मोटामोटी सहमति

थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनमा देखिएको विवाद मोटामोटी सहमति नजिक पुगेको छ। शनिबारदेखि अबेर रातसम्म भएको बैठकले मोटामोटी सहमति गरेको छ। बैठक स्रोतका अनुसार सबै पदमा सहमति जुटेको छ। सहमतिअनुसार थारु विद्यार्थी समाजको अध्यक्षको कार्यभार चन्द्रप्रसाद चौधरीले सम्हाल्नेछन्।

त्यस्तै उपाध्यक्षमा विजय चौधरी, ठाकुर करिया प्रधान, ओमनारायण महतो, गीता थारु र प्रभु चौधरी छन्। महासचिवको जिम्मेवारी भिने विकास चौधरीलाई दिने सहमति भएको छ।

त्यस्तै सचिवमा रोशन चौधरी, अजय चौधरी र प्रेमा चौधरीको नाम सहमति नजिक पुगेको छ भने कोषाध्यक्षमा सीताराम चौधरीको नाम अघि सारिएको छ। ‘रमेश चौधरी र चन्द्रप्रसाद चौधरीबीच मोटामोटी यिनै नाममा सहमति जुटेको हो। कतैबाट दाबी विरोध नभए आजै यही नामहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ,’ बैठक स्रोतले थारुवानसँग भने।

मूल आयोजक समितिको निर्णयअनुसार अहिले त्रिभुवन विश्वविद्यालयको ओडिटेरियम हलमा निर्वाचन मण्डलले नोमिनेशन आह्वान गरेको छ। सहमतिअनुसार फाइनल भएका ब्यक्तिहरुले आ आफ्नो नाम दर्ता गराएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *