राजनीति

गच्छदारलाई सत्तामा जान रोक्ने प्रचण्ड होइन देउवा

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लाई सरकारमा लैजान कांग्रेस सभापति शेरबहादुर देउवा अनिच्छुक देखिएका छन् । फोरम (लोकतान्त्रिक) कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकपछि पार्टीका एक उच्च नेताले त्यसको खुलासा गरे । उनले पार्टी बैठकमा पनि यसबारे चर्चा भएको खुलाए ।

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय नपाए आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन् । बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी गच्छदारले सरकारमा सम्मानजनक सहभागिताका लागि आफूले पहल गरिरहेको बताए । सरकार सबै पार्टीका लागि महत्वपूर्ण हुने तर, उपप्रधानमन्त्रीसहित दुई महत्वपूर्ण मन्त्रालय नपाएको अवस्थामा आफ्नो पार्टी...

थारूवान

नयाँ सरकार गठन र नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन प्रधानमन्त्रीका विशेष प्रतिनिधिको रूपमा दुई उपप्रधानमन्त्री छिमेकी मुलुक चीन र भारत जाने भएका छन्। सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको विशेष प्रतिनिधिका रूपमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भारत पठाउने निर्णय गरेको हो।...

थारूवान

निर्वाचन आयोगले प्रतिनिधिसभाको चुनावमा जस्तै प्रादेशिक निर्वाचनमा पनि १.५ प्रतिशत न्यूनतम मत प्रतिसत (थ्रेसहोल्ड) राख्ने प्रस्ताव गरेको छ । निर्वाचन आयोगले तयार पारेको नयाँ कानूनको मस्यौदामा प्रदेश निर्वाचनका लागि आयोगले थ्रेस होल्ड राख्ने प्रस्ताव गरेको हो । संघीयताको कार्यान्वयनसँगै हुने प्रादेशिक निर्वाचनमा मिश्रति प्रणाली अपनाउने संविधानले व्यवस्था गरेको छ ।

थारूवान

कारी महतो/चितवन स्थानीय सरकारको पुनर्संरचनामा चितवनका थारु समुदायले चासो लिन थालेका छन्। जिल्ला विकास समिति चितवनको प्राविधिक समितिले प्रस्ताव गरेको चितवनका नगरपालिका र गाविसहरु मर्ज गरी थोरै संख्यामा नगरपालिका र गाउँपालिका निर्माण गर्ने खाकाको विषयमा सुझाव पेश गर्ने करीब अन्तिम समयमा थारु समुदाले यस सम्बन्धि चासो लिन थालेका हुन्।

थारूवान

तराई मधेस लोकतान्त्रिक पार्टीले महाधिवेशन सकिएको ४८ दिनपछि केन्द्रीय समिति गठन गरेको छ । तमलोपाको पहिलो महाधिवेशन असार ६ देखि ९ नवलपरासीको रामग्राममा भएको थियो । तर, केन्द्रीय समिति गठन गर्न सकेको थिएन । हालै मात्र उसले नौं पदाधिकारीसहित केन्द्रीय समिति गठन गरेको छ ।

थारूवान

थारु सांसदले गत साल भदौ ७ मा भएको टीकापुर घटनापछि थारुहरुमाथि भएको व्यापक दमन तथा मानव अधिकारविरोधी कार्यको विरोध गरेका छन् । राजनीतिक माग उठाउने क्रममा भएको टीकापुर घटनालाई राज्यले अपराधीकरण गरेको थारु सामाजिक संघ संस्था तथा राजनीतिक दलका नेताहरुले बताएका छन् ।

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै जातिभाषी, वर्ग, क्षेत्र र समुदायको अधिकार सुनिश्चित हुने गरी संविधानको संशोधन गर्न सकिने बताएका छन्। 

थारूवान

संघीय गठबन्धनसँग भएको ३ बुँदे सहमतिपछि बनेको पुष्पकमल दाहाल नेतृत्वको सरकारले माग सम्बोधन गर्नेमा पश्चिम तराईमा आन्दोलनरत थारू समुदायका अगुवा आशावादी देखिएका छन् । थारूवानको एजेन्डा उठाउने पार्टीको नेतृत्वमा सरकार बनेको र यसमा कांग्रेस पनि समावेश भएकाले माग सम्बोधन हुनेमा उनीहरू आशावादी भएका हुन् ।

थारूवान

कारी महतो/चितवन थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय अध्यक्ष रामदिन चौधरीको साउन २४ गते सोमबार निधन भएको छ । १९८२ वैशाख २७ गते जन्म भएको चौधरीको आज साउन २४ गतेका दिन ९१ वर्षको उमेरमा चितवन मेडिकल कलेजमा निधन भएको हो । वहाँको निधनप्रति थाकस चितवन जिल्लासमिति र क्षेत्रीय समिति क्षेत्र...

थारूवान