राजनीति

थरुहट मधेस आन्दोलनबारे बुझ्न गिरीशचन्द्रलालको संयोजकत्वमा आयोग गठन

मन्त्रिपरिषद्को विहिबार बसेको बैठकले तराई– मधेश आन्दोलनका क्रममा क्षति भएको निजी तथा राष्ट्रिय सम्पत्तिको तथ्य सङ्कलन एवम् छानबिन गर्न पूर्व न्यायाधीश गिरीशचन्द्रलाल दासको अध्यक्षतामा सात सदस्यीय आयोग गठन गरेको छ ।

थारूवान

सरकारले मधेस आन्दोलनका क्रममा मारिएका ५२ जनालाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सीमांकनको विषयमा तराईलगायत विभिन्न क्षेत्रमा भएका आन्दोलनका क्रममा मारिएकामध्ये ५२ जनालाई सहिद घोषणा गरेको हो । सरकारले सहिदका परिवारलाई यसअघि नै १० लाख रुपैयाा दिने निर्णय गरिसकेको छ ।

थारूवान

 नेवि संघको विवादका कारण नेपाली कांग्रेसले अझैसम्म मन्त्रीको टुंगो लगाउन सकेको छैन । तर सभापति शेरबहादुर देउवाले छिट्टै मन्त्रीको टुंगो लगाउने बताएका छन् । एमाओवादीले पहिलो लटमै थारु मन्त्रीको शपथ गराए । नेपाली कांग्रेसबाट कसले शपथ लेला भन्ने चर्चा आम थारु समुदायमा छ ।

थारूवान

कृषिमन्त्री गौरी शंकर चौधरीले आफू कामको मामलामा कडा भएको भन्दै इमान्दार भएर जिम्मेवारी पूरा गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। यसअघिका कृषिमन्त्री हरिबोल गजुरेलको बिदाईमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले इमान्दारिताका साथ काम गर्ने कर्मचारीलाई आफ्नो सदैव साथ रहने र काम चोर कर्मचारीले कारबाहीको दायरामा ल्याउने उनले बताए।

थारूवान

सरकार र मधेसी मोर्चाबीचको सहमतिअनुसार मुद्दा फिर्ता प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले मधेस र थरुहट आन्दोलनका क्रममा लागेका मुद्दाहरूको विवरण संकलन थालेको छ । मन्त्रालयले तराई-मधेसका २० प्रमुख जिल्ला अधिकारीहरूसित थरुहट र मधेस आन्दोलनका क्रममा मुद्दा लागेका र कारागारमा रहेकाको विवरण मागेको छ ।

थारूवान

समाचार संकलनका क्रममा एभिन्युजका पत्रकार किशोर चौधरीमाथि प्रहरीद्वारा आइतबार गरिएको आक्रमणको नेपाल पत्रकार महासंघले आपत्ति प्रकट गरेको छ। नेवि संघको महाधिवेशनको समाचार संकलनका क्रममा पत्रकार चौधरीलाई सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय अगाडि सुरक्षाकर्मीले घेराबन्दी गरेर लाठी मुक्का प्रहार गरेका थिए।

थारूवान

कानुन मन्त्रालयले संवैधानिक हैसियत पाएका सातवटा आयोगसम्बन्धी आवश्यक कानुनको मस्यौदा व्यवस्थापिका संसदमा पेश गर्ने तयारी अन्तिम चरणमा रहेको बताएको छ। नयाँ संविधानले आठवटा आयोगलाई संवैधानिक निकायको मान्यता दिदैँ संविधान बनेको एकवर्ष भित्र कानुन ल्याइसक्नुपर्ने प्रावधान राखेको थियो।

थारूवान

अविनाश चौधरी/धनगढी संघीय सीमाङ्कनको विषयलाई लिएर आन्दोलन गर्दै आएको थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीले स्थानीयतह पुनः संरचनाप्रति आपत्ति जनाएको छ ।

थारूवान

नेपाली राजनीतिमा भद्र सहमतिको धेरै अर्थ लाग्दोरैछ। भद्र अर्थात् मौखिक सहमति। यस्तै सहमति भएको थियो रे- थारु विद्यार्थी समाज, उपत्यका समितिमा। ओमनारायण महतोको कार्यकाल सकियो। उपाध्यक्ष गीता थारु अध्यक्षको दाबेदार बनिनन्। सचिव विमल चौधरी अध्यक्ष बन्ने पक्कापक्की भयो भद्र सहमतिअनुसार। तर नेपाली राजनीतिजस्तै तेहाँ पनि ट्विस्ट आयो- अर्का दाबेदार...

थारूवान

सन्तोष दहित/दाङ। पुर्वमन्त्री महेश चौधरी जैविक प्रांगारिक मल उत्पादनमा व्यस्त छन्। लामो समयसम्म राजनीतिमा होमिएका चौधरी घोराही नगरपालिका–४, बेलभारमा मल उत्पादन उद्योग खोलेर प्रांगारिक मल उत्पादनमा लागेका हुन्। दाङको महेन्द्र बहुमुखी क्याम्पसमा प्रध्यापक जागिर छाडेर राजनीतिमा लागेका चौधरी नेकपा एमालेको तर्फबाट लोकेन्द्र चन्दको नेतृत्वमा रहेको सरकारमा स्थानीय विकास मन्त्रालयको...

थारूवान