थारुको छोरो हुँ, सोझो छु तर कामको मामलामा कडा छु : कृषिमन्त्री

कृषिमन्त्री गौरी शंकर चौधरीले आफू कामको मामलामा कडा भएको भन्दै इमान्दार भएर जिम्मेवारी पूरा गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। यसअघिका कृषिमन्त्री हरिबोल गजुरेलको बिदाईमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले इमान्दारिताका साथ काम गर्ने कर्मचारीलाई आफ्नो सदैव साथ रहने र काम चोर कर्मचारीले कारबाहीको दायरामा ल्याउने उनले बताए।

उनले आफू थारुको छोरो भएको र थारु सोझो हुने भन्दै कामको मामलामा भने इमान्दार भएको बताए। ‘म थारुको छोरो हुँ, थारु सोझो हुन्छ। सोझो थारुको छोरो कामको मामलामा भने कडा र इमान्दमार छु,’ उनले भने।

सो अवसरमा निवर्तमान कृषिमन्त्री हरिबोल गजुरेलले कर्मचारीको सहयोग बिना मन्त्री सफल हुन नसक्ने भन्दै आफूलाई सफल बनाउन कर्मचारीको हात रहेको बताए। उनले नयाँ मन्त्रीलाई पनि आफूलाई जस्तैगरी सहयोग गर्न समेत कर्मचारीहरुसाग आग्रह गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *