थारू समुदायबाट मन्त्री बनेकी भगवती चौधरीसँग कति छ सम्पत्ति?

थारू समुदायकी मन्त्री भगवती चौधरीको सम्पत्ति विवरण सार्वजनिक भएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसमेत रहेका चौधरीको सरकारले सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

विवरणअनुसार चौधरीको सनसुरीको दुहबी र काठमाडौंको वडा-९ मा घर रहेको छ। उनले स्वआर्जनबाट उक्त घर बनाएको बताएकी छन्। दुहबीमा एक कट्ठा र काठमाडौंमा १२ आना क्षेत्रमा घर रहेको विवरणमा उल्लेख छ।

त्यस्तै सुनसरीको चार ठाउँमा विभिन्न स्थानमा २ बिघाभन्दा जग्गा रहेको छ। उक्त जग्गाहरूले उनले स्वआर्जन गरेको बताएकी छन्। उनको दाङमा भने १५ कट्ठा पैतृक सम्पत्ति रहेको विवरणमा उल्लेख छ। त्यस्तै चौधरीसँग ७५ तोला सुन र २५ केजी चाँदी रहेको विवरणमा उल्लेख छ।

त्यस्तै उनको नामको बैंकमा १८ लाख नगद मौज्दात रहेको छ। फर्वाड वित्तीय संस्थामा उनको २ लाख ४२ हजार १०५ कित्ता सेयर रहेको छ। अन्य कम्पनीमा पनि उनको १ लाख ५० हजार कित्ता सेयर रहेको उनले उल्लेख गरेकी छन्।

उनले विभिन्न बैंकबाट दुई करोड १० लाख ऋण लिए पनि सबै भुक्तानी गरिसकेको उल्लेख गरेकी छन्। त्यस्तै उनीसँग एक मोटरसाइकल रहेको छ। अन्य सम्पत्तीमा ८५ तोला सुन र २५ केजी चाँदी रहेको उल्लेख गरेकी छन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *