राजनीति

कांग्रेसमा मन्त्रीको सूची तयार, थारुको नाम परेनन्

पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भएको तीन साता बित्नै लाग्दै सत्ताघटक नेपाली कांग्रेसले पार्टीका तर्फबाट थप नाम पठाउन गृहकार्य थालेको छ। सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेल पक्षलाई समेत समेट्ने गरी सूची तयार पारेका छन्।

थारूवान

सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सञ्चारकर्मीको सुरक्षा एवम् संरक्षणको प्रत्याभुति हुनेगरि सरकारले छिट्टै प्याकेजमै निर्देशिका ल्याउने जानकारी दिएका छन् । काठमाडौंमा आयोजित अन्तर्क्रियामा सचिव थपलियाले संविधानले नै पत्रकारको सुरक्षाको प्रत्याभुति गरेको र त्यसलाई कार्यान्वयन गर्न छिट्टै नयाँ निर्देशिका ल्याउने बताएका हुन् । मन्त्रालयले स्थलगत रिपोर्टिङ्मा जाने पत्रकारको...

थारूवान

प्रमुख प्रतिपक्षी नेकपा एमालेले व्यवस्थापिका संसद्मा शक्तिशाली मानिने सार्वजनिक लेखा समितिको सभापति आफ्नो पार्टीले पाउने भएसँगै केही प्रभावशाली सांसद्को संसदीय समिति हेरफेर गरेको छ । एमालेले विष्णु पौडेल र आनन्दराज पोखरेललाई लेखा समितिमा पठाएको छ। अघिल्लो सरकारमा मन्त्री हुनु पहिले पौडेल वातावरण संरक्षण समिति तथा पोखरेल जलस्रोत तथा कृषि...

थारूवान

महामन्त्रीबाट घटुवा गरेर केन्द्रीय सदस्य बनाएपछि तराई मधेस लोकतान्त्रिक पार्टीमा तीव्र विवाद सुरु भएको छ । पार्टी स्थापना भएपछि तराई मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले सर्वेन्द्रनाथ शुक्ल, जितेन्द्र सोनल र गोविन्द चौधरीलाई महामन्त्री बनाएका थिए । तर, हालै सम्पन्न प्रथम महाधिवेशनपछि ठाकुरले शुक्ललाई उपाध्यक्ष तथा चौधरी र सोनललाई घटुवा...

थारूवान

सामाजिक न्याय तथा मानव अधिकार समितिका सदस्य तथा सांसद प्यारेलाल राना सुदूर तथा मध्यपश्चिम पहाडको प्रसिद्ध डेउडा गीतमा मजाले नाचे । टीकापुरथित हाटबजारमा डेउडा नाच्ने उनी एक्ला थारू थिएनन् । उनीसँगै गंगा चौधरी, जोधी चौधरी लगायतले गीतको तालमा पहाडी समुदाय सँगै पाइताला मिलाए ।

थारूवान

पूर्वसभासद तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पा र वर्तमान उपाध्यक्ष डन्डु शेर्पा अवैध मानव ओसारपसारमा तानिएका छन् । उनीहरूले सांस्कृतिक कार्यक्रमको आवरणमा तीन करोड ९० लाख रुपैयाँ असुलेर १३ जना गैरकलाकारलाई कलाकार भन्दै मेक्सिको पुर्‍याई उतै छाडेर आएको आरोप लागेको छ ।

थारूवान

असन्तुष्ट पक्षका माग सम्बोधन गर्न गरिने संविधान संशोधनमा भारतले सघाउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा दिल्ली भ्रमणमा रहेका उपप्रधानमन्त्री विमलेन्द्र निधिसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान संशोधनमार्फत यसमा रहेका असन्तुष्टि सम्बोधनमा सहयोग गर्ने वचन दिएका हुन्।

थारूवान

पछिल्लो चरणमा स्थानिय तह पुर्नसंरचनाको ब्यापक छलफल र बहस चलिरहेको बेला देउखुरी राप्तीपारीका ६ गबिसलाई टुक्रिन नदिई एउटै गाउँपालिका बनाउने बिषयमा सर्बदलीय सर्बपक्षिय निश्कर्ष निस्किएको छ । गढवा उद्योग बाणिज्य संघको आयोजनामा शुक्रबार राप्तीपारीका ६ वटै गाबिसका राजनितिक दलहरु र संघसंस्थाहरुको उपस्थिती रहेको एक अन्तरक्रिया कार्यक्रमले यस्तो निश्कर्ष निकालेको हो...

थारूवान

थरुहट तराई पार्टी नेपालकी सांसद गंगा थारुले आफ्नो चरित्र हत्या गर्ने हिसाबले टीकाटीप्पणी नगर्न आग्रह गरेकी छन्। उनले एक साप्ताहिक पत्रिकाले आफ्नो चरित्रहत्या गर्ने हिसाबले समाचार लेखेको भन्दै त्यसको भर्त्सना पनि गरेकी छन्।

थारूवान

कृषि विकास मन्त्री गौरीशंकर चौधरीले चालु आर्थिक वर्षबाटै किसानहरुलाई पेन्सन दिन सुरु गर्ने बताएको छन् । राष्ट्रिय कृषक समूह महासंघले बिहीवार काठमाडौमा गरेको आफ्नो स्वागत कार्यक्रममा कृषि विकास मन्त्री चौधरीले किसानहरुलाई नमुनाको रुपमा चालु आर्थिक वर्षबाटै पेन्सन दिइने बताए ।

थारूवान