मेरो चरित्रहत्या गर्नेहरुविरुद्ध कानुनी लडाइँ लड्छु : गंगा थारु

थरुहट तराई पार्टी नेपालकी सांसद गंगा थारुले आफ्नो चरित्र हत्या गर्ने हिसाबले टीकाटीप्पणी नगर्न आग्रह गरेकी छन्। उनले एक साप्ताहिक पत्रिकाले आफ्नो चरित्रहत्या गर्ने हिसाबले समाचार लेखेको भन्दै त्यसको भर्त्सना पनि गरेकी छन्।

त्यस्ता पत्रकारविरुद्ध कानुनी लडाइँ लड्ने उनले बताएकी छन्। ‘मेरो चरित्रहत्या गर्ने हिसाबले समाचार सम्प्रेषण गरेको पाइएको छ। बिना सबुत प्रमाण त्यस्ता समाचार प्रकाशन गर्ने पत्रकार र सञ्चारगृहविरुद्ध कानुनी लडाइँ लड्ने तयारी गरेको छु,’ उनले थारुवानसँग भनिन्।

उनले छिट्टै ती पत्रकारिवरुद्ध मुद्दा दायर बताएकी छन्। उनी व्यवस्थापिका संसद, विद्यायन समितिका सभापतिसमेत हुन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *