रेशम चौधरीको मुद्दा ‘हेर्न नभ्याइने’मा, अर्को पेसी वैशाख २४ गतेलाई तोकियो

रेशम चौधरीले निर्वाचन आयोगविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र शारंगा सुवेदीको इजलासमा परे पनि उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ।

अर्को पेसी वैशाख २४ गतेका लागि तोकिएको छ। यसअघि वैशाख १४ गते न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण भट्टराईको इजलासले मिसिल कागज झिकाउने आदेश दिएको थियो।

जेलबाटै नागरिक उन्मुक्ति पार्टी गठन गरेका रेशम चौधरीले टीकापुरको प्रथम महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन भएका थिए। तर, निर्वाचित भएको अध्यावधिक निवेदन भने निर्वाचन आयोगले अस्वीकृत गरेको थियो। सोही निर्णयविरुद्ध रेशम अदालत गरेका हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *