राजनीति

पूर्वसभासद् शान्ता चौधरीको घरमा लुटपाट

पूर्वसभासद् शान्ता चौधरीको घरमा लुटपाट भएको छ। दाङको लक्ष्मीपुरस्थित घरमा शनिबार राति लुटपाट भएको दाङ प्रहरीले जनाएको छ। जेठानीको छोराको विहेमा गएको बेला उनको घरमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनको घरबाट ल्यापटप, ट्याब, केही गरगहना र खुत्रुकेमा जम्मा गरिएको रकम चोरी भएको छ।

थारूवान

विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले समानुपातिक समावेशी सहभागीताको मुद्धा बोकेको माओवादीले पञ्चायतकालीन समावेशीतका अपनाएको आरोप लगाएको छ ।

थारूवान

स्वतन्त्र तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकार टीकापुर घटनापछि सो क्षेत्रका थारु समुदायका व्यक्तिहरुको स्वतन्त्रता तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकारको हनन भएको देखिन्छ । अनुगमनका क्रममा सो क्षेत्रका आदिवासी थारु समुदायका सदस्यहरु आफ्नो गाउँबाट बाहिर निस्कन नसक्ने तथा पक्राउ पर्ने डरका कारण अपरिचित व्यक्तिहरुसँग बोल्न तथा भेटघाट गर्नसमेत डराउने गरेको...

थारूवान

पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई क्यान्सर भएको छ। भारतमा स्वास्थ्य परीक्षणक्रममा पूर्वराष्ट्रपति यादवलाई प्रोस्टेट क्यान्सर देखिएको हो। प्रोस्टेट पुरुषको पिसाब थैली र पिसाब नली सुरु हुने स्थानमा रहने एक ग्रन्थी हो।

थारूवान

मधेसी मोर्चाकोसमेत समर्थनमा सरकारको नेतृत्व गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रक्रियालाई अगाडि नबढाएको भन्दै मधेसी मोर्चाले असन्तुष्टि जनाएको छ। मोर्चाको मुख्य मागमा सरकार प्रवेश नै नगरेको भन्दै मोर्चाका नेताहरुले असन्तुष्टि जनाउन थालेका हुन्। प्रधानमन्त्रीमा निर्वाचित हुनुभन्दा पहिले कांग्रेस–माओवादी गठनबन्धनले मधेसी मोर्चासँग तीन बुँदे सहमति गरेका थिए। जसमध्ये दुईवटा बुँदा...

थारूवान

थारु कल्याणकायरिणी सभा (थाकस)को राजधानीमा भवन निर्माण गर्र्नका लागि सप्तरी क्षेत्र १ का माओवादी केन्द्रका सांसद मानपुर चौधरीले एक लाख एक हजार रकम सहयोग गरेका छन्। थाकस काठमाडौं उपत्यका कमिटीका सभापति सत्यनारायण चौधरी (सुमन)लाई उनले चेक हस्तान्तरण गरे।

थारूवान

थारु समुदायहरुले आन्दोलनका क्रममा लगाइएका झुट्टा मुद्दा खारेज गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले संविधान संशोधन गरी थारु बाहुल्य क्षेत्रलाई ५ नम्वर प्रदेशमा राख्न पनि आग्रह गरेका छन् ।

थारूवान

टीकापुर काण्डबारे नेपालका आदिवासीहरुको मानव अधिकारसम्बन्धी वकिल समूह (लाहुर्निप) ले २०७२ चैत्र १० देखि १३ मा स्थलगत अध्ययन गरेको थियो । २०७२ भदौ ७ मा भएको कैलाली घटनाको सत्यतथ्य र मानवअधिकार हननबारे त्यसको अनुगमन प्रतिवेदन के भन्छ ?

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) उपत्यका समितिको सतौं अधिवेशनले सत्यनारायण चौधरी ‘सुमन’ नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ। शनिबार भएको अधिवेशनमा उनी निर्विरोध निर्वाचित भएका हुन्। उपत्यका समितिमा उनको यो दोस्रो कार्यकाल हुनेछ।

थारूवान

थारु कल्याणकारिणी सभा उपत्यका समितिले चार जनालाई सम्मान गरेको छ। आफ्नो सातौं अधिवेशनमा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको हो। थारु समुदायमा योगदान पुर्‍याएको भन्दै अमृत खाँ, नेमनारायण सिंह थारु, स्व. शिवनारायण थारु र प्रेमीलाल थारुलाई सम्मान गरिएको हो। उनीहरुलाई केन्द्रीय उपाध्यक्ष कन्नुलाल चौधरीले सम्मान गरेका थिए।

थारूवान